Uncategorized
देशभर डेंगुको डरःअस्पतालमा थामिनसक्नुको भीड
काठमाडौं – नेत्र विशेषज्ञ प्रा.डा सन्दुक रुइत डेंगुबाट संक्रमित भएको आजको कान्तिपुरले खुलासा गरेको छ । उनी डेंगुबाट संक्रमित भएपछि थापाथलीको नर्भिक अस्पतालमा उपचाररत छन् ।
अर्को राष्ट्रिय दैनिक अन्नपूर्णले पनि आज डेंगुको बढ्दो संक्रमणबारे मुख्ख समाचार बनाएको छ । ‘डेंगुको डरःअस्पतालमा थामिनसक्नुको भीड’ शीर्षक समाचारमा डेंगु संक्रमण बढेपछि अस्पताललाई भीड थेग्नै गाह्रो परेको उल्लेख छ ।
डेंगु नियन्त्रणमा सरकार गम्भीर नबनेको गुनासो भन्दै आलोचना भइरहेका बेला उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले सबैको सहयोगले मात्र नियन्त्रण हुने बताएका छन् ।