Uncategorized

डेङ्गु रोगको बढ्दो प्रकोप, यसबाट कसरि बच्ने : आईडिया

सामान्यतया बर्षाको समयमा लाग्ने डेङ्गु रोगको प्रकोप देशभर बढेको पाइएको छ । मध्यपहाडि तथा तराइका भुःभागमा यो रोगको प्रकोप बढेको छ । यस क्षेत्रमा बसोबास गर्नेहरु कति आक्रान्त छन् त कति त्रशित रहेका छन् । आज हामि तपाईलाइ डेङ्गु रोग के हो ? र यसबाट कसरि बच्न सकिन्छ भन्ने विषयमा ज्ञानबर्दक तथा हाम्रो स्वास्थ्य को लागी प्रत्यक्ष रुपमा जोडिएको बिषयमा जानकारि लिएर आएका छौं ।

प्रत्येक वर्ष वर्षातको समयमा डेङ्गुको प्रकोप फैलन शुरु हुन्छ । “मादा aedes agypti” नामक लामखुट्टेले टोकेपछि यो रोग लाग्छ । लामखुट्टेको मुखमा dengue virus हुन्छ जो मान्छेलाई टोकेपछि मुखमा जान्छ र मान्छेलाई डेङ्गु रोग लाग्छ । यो virus शरिरभित्र पुगेको ३ देखि ५ दिन भित्र असर देखिन थाल्छ । डेङ्गुयुक्त लामखुट्टे सफा पानीमा रहन्छ र धेरै उचाइमा उड्न सक्दैन ।
डेङ्गुको प्रकार र लक्षणहरु
डेङ्गु रोग लाग्दा के कस्ता लक्षणहरु देखा पर्छन् त ? यसको बाेमा हामीले थाहा पाईराख्नु पर्छ । यसका लक्षणहरु ३ किसिमका रहेका छन् ।
१.साधारण ज्वरो २. डेङ्गु hemorrhagic ज्वरो ३. dengue shock syndrome ।
१. साधारण ज्वारोः
यसको असर सामान्यतया ५ देखि ७ दिनमा देखा पर्छ । यसमा बिरामीलाई पहिला धेरै चिसो महशुस हुन्छ र पछि जोडले ज्वरो आँउछ र शरिरका जोर्नीहरुमा दुखाई हुन्छ । रोगीको आँखाको पछिल्लो भागमा दुख्छ र आँखा झिम्क्याउँदा झन दुख्छ । भोक लाग्दैन र शरिरमा कमजोरी महशुस हुन्छ साथै घाँटीमा हल्का दुखाई शुरु हुन्छ ।
२. डेङ्गु hemorrhagic ज्वरो
यो रोगमा विरामीलाई वान्ता हुने साथै नाक र पिसावमा रगत देखिने हुन्छ । यो रोग पत्ता लगाउन रगतको जाँच गर्न जरुरी हुन्छ ।
३. dengue shock syndrome
यो खाले डेङ्गुको ज्वारोमा माथी उल्लेख गरिएका डेङ्गुका लक्षण हुनुका साथै जोडले ज्वरो आँउछ तर त्वचा भने चिसो नै रहन्छ । छट्पटी र बेहोस भएजस्तो अनुभव हुन्छ । रक्तचाप कम हुन जान्छ । यो प्रकारको डेङ्गु धेरै खतरनाक हुने र ज्यान पनि लिन सक्ने भएकोले रोगीलाई तत्काल अस्पताल भर्ना गरि हाल्नु पर्छ ।
डेङ्गु रोगको उपचार
साधारण खाले डेङ्गु रोगमा मरिचको paracetamal medicine ले आराम दिन सक्छ । तर यो कुरा याद राख्नु पर्छ कि, यस्तो बेला मरिचको aspirin tablates भने विल्कुल दिनु हुँदैन किनकी यसको सेवनबाट रगतमा platelates कम हुने खतरा हुन्छ । शुरुको लक्षणको आधारमा मात्रै आफूलाई कुनखाले डेङ्गु रोग लागेको हो पत्ता लगाउन मुस्किल हुन्छ । त्यसकारण तत्काल उपचारको लागि डक्टरकहाँ जानु पर्छ ।
डेङ्गुबाट बच्ने घरेलु उपाय
१. भिटामिन सि. युक्त खाद्यपदार्थहरुः सुन्तला, अमला र मौसमी जस्ता चीजहरु सेवनगरि रोग प्रतिरोधी क्षमताको विकासगर्नु पर्छ ।
२. भोजनमा सधैं बेसारको प्रयोग गर्नुृ पर्छ । एक गिलास पानी या दुधमा बेसार मिलाएर खानु राम्रो तर ज्वरो आँउदा भने दुध मिसाउनु हुँदैन । तुलसीको पात हलका महमा उमालेर खानुहोस् जसले रोग प्रतिरोधात्मक क्षमता बढाँउछ ।
डेङ्गु रोग रोक्ने उपाय
क. मच्छडको टोकाइबाट बच्ने, कुलेसो र खोल्साहरुमा मट्टितेल र पेट्रोल छर्कने ।
ख. भाँडा, पुराना टायर र डिब्बाहरुमा पानी जम्न नदिने
ग. झ्याल र ढोकाहरुमा जाली लगाउने ।
घ. झुलको प्रयोगगरि सुत्ने ।
डेङ्गु रोग लाग्दा के खाने
मेवाको पात डेङ्गु रोगको लागि संजिवनी हो । मेवाको २ वटा पात पिसेर रस निकाल्ने । यसमा मह र सुन्तलाको रस मिसाउने । दिनमा नियमित एक पटक यसको प्रयोग गर्नु होस् जसबाट रगतमा उबितभभितक को संख्या बढ्न गई डेङ्गुको किटाणुसित लड्ने क्षमता विकास हुनेछ ।
सुन्तलाको रस
सुन्तलामा भिटामिन भरपुर हुन्छ । जसले पाचन प्रणालीलाई ठिक राख्दछ । सुन्तलाले रगतमा आवश्यक antibodies बढाउँछ जसले डेङ्गुसँग लड्ने क्षमता पैदा गर्दछ ।
हर्बल चिया
हर्बल चियाले ज्वरो कमगर्न मद्दत गर्दछ । हर्बल चियालाई अदुवासँग मिलाएर उपभोग गर्दा फाइदा हुन्छ ।
नरिवलको पानी
डेङ्गुको कारण शरिरमा पानीको कमी हुन्छ । यसको सेवनले शरिरमा पानीको कमी हुन नदिनुका साथै पोषकतत्व पनि प्रदान गर्दछ ।
सुप
काँक्रो, गाजर र अन्य तरकारीको रसको सेवनबाट शरिरमा प्रशस्त मात्रामा पोषक तत्व मिल्दछ । यसलाई सजिलोसित पचाउन सकिन्छ र कमजोर पनमा लाभदायक हुन्छ ।
कागतीको रस
कागतीको रसले रगतमा भएको विषालु पदार्थलाई पिसावको माध्यमबाट बाहिर निकाली रगतलाई सफा गर्दछ । यसकारण डेङ्गुको रोगीको लागि कागतीको रस धेरै लाभदायक सावित भएको छ ।

अस्पताल पुग्न केहि समय लाग्न सक्ने अवस्था हो भने हामी घरेलु उपाएहरु  अपनाउन सक्छौं जसको कारणले गर्दा रोग बढ्न पाउँदैन । तर घरेलु उपचारले मात्र  रोग निको नहुन सक्छ तसर्थ डेङ्गुको  लक्षण हो भन्ने सङ्का लाग्ना साथ हस्पिटल वा डक्टरकोमा जानु पर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker