Uncategorized

वाङ यि को नेपाल भ्रमण, चिनियाँ  राष्ट्रपति सिको भ्रमणबारे छलफल

काठमाडौं – आज प्रकाशित सवै पत्रिकाहरु चिनियाँ विदेशमन्त्री वाङ यीको नेपाल भ्रमणमा केन्द्रित छन् । तीनदिने भ्रमणको क्रममा गत आइतबार नेपाल आएका वाङले सोमबार राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओलीलगायतलाई भेट गर्नुको साथै परराष्ट्रमन्त्रीस्तीय द्विपक्षीय वार्ता पनि भएको थियो ।

यी भेटघाट र वार्तामा चीनले सुरु गरेको बीआरआई परियोजना तथा केरुङ-काठमाडौं रेलवेमा प्रतिबद्धता मात्र दोहोरिएको तर समझदारी नभएको बताइएको छ । यद्यपि मनाङमा अस्पताल निर्माण, स्वयंसेवक भाषा शिक्षक आपूर्ति र पाँच हजार टेन्ट सहयोग लगायतका तीन बुँदे समझदारी नेपाल र चीनबीच भएका छन् ।

वाङको भ्रमणले चिनियाँ राष्ट्रपति सी जिनफिङको आसन्न नेपाल भ्रमणको वातावरण बन्ने अपेक्षा गरिए पनि त्यस विषयमा पनि स्पष्ट जवाफ चिनियाँ पक्षबाट आएको छैन । यद्यपि राष्ट्रपतिको सी जिनफिङको सम्भावित नेपाल भ्रमणबारे चीनले सकारात्मक संकेत दिएको कान्तिपुर दैनिकले लेखेको छ ।

नेपाल भ्रमणमा रहेका विदेशमन्त्री वाङले प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग भेटवार्ता गर्दै यस मामिलामा दुवै देशका कूटनीतिक नियोगहरु निरन्तर सम्पर्कमा रहने बताएका छन् ।

‘चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमणबारे कुराकानी भएको छ । तर कहिले हुने निर्क्यौल भइसकेको छैन,’ परराष्ट्रमन्त्री ज्ञवालीले सोमबारको द्विपक्षीय संयन्त्र बैठकपछि कान्तिपुरसँग भनेका छन्, ‘विदेशमन्त्री वाङले चीनबाट विशिष्ट राजनीतिक तहमा हुन सक्ने नेपाल भ्रमणको सरोकारलाई सकारात्मक रुपमा लिनु भएको छ ।’

द्विपक्षीय संयन्त्रको बैठकपछि प्रधानमन्त्रीलाई भेटेका वाङले त्यहाँ पनि सकारात्मक जवाफ दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । ‘राष्ट्रपति सीको नेपाल भ्रमण उपयुक्त समयमा गर्नेतर्फ सोचिरहेका छौं,’ विदेशमन्त्री वाङले प्रधानमन्त्री ओलीलाई दिएको जवाफ उद्धृत गर्दै प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले कान्तिपुरसँग भनेका छन्  । भन्दै कान्तिपुरले लेखेको छ ।

आजको गोरखापत्र दैनिकले पनि ‘चीनबाट उच्चस्तरीय भ्रमण हुने’ शीर्षकमा एक कोलमको समाचार पहिलो पृष्ठमा छापेको छ ।

अन्नपूर्ण पोष्ट दैनिकले बेल्ट एन्ड रोड इनिसियटिभ बीआरआई अन्तर्गत छनोट भएका आयोजना अघि बढाउन चीन सकारात्मक भएको भन्दै चिनियाँ आयोजना अघि बढ्ने शिर्षकमा समाचार लेखेको छ ।

त्यसैगरि आज प्रकाशित राजधानी दैनिकले चिनियाँ  राष्ट्रपति सिको भ्रमणबारे छलफल शिर्षकमा लामो समाचार छापेको  छ  । त्यस्तै आजको नेपाल समाचार पत्रले भने नेपाल चिनबिच तिन समझदारि पत्रमा हस्ताक्षर शिर्षकमा पहिलो पृष्ठमा समाचार समाचार छापेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker