भिडियो कन्फ्रेन्स मार्फत स्वीच थिचेर पाइपलाइनको उद्घाटन,
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी द्वारा नेपालको प्राथमिकताअनुसार विकासमा सघाउने प्रतिवद्धता
काठमाडौं – नेपाल–भारत पेट्रोलियम पाइपलाइनको प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रूपमा उदघाटन गरेका छन् । ओलीले सिंहदरबार र मोदीले दिल्लीबाट भिडियो कन्फ्रेन्स मार्फत स्वीच थिचेर पाइपलाइनको उदघाटन गरेका हुन् ।
अमलेखगन्जमा रहेको इन्डियन आयल कर्पोरेसनका अधिकारीले पाइपलाइनबाट आएको तेल बोतलमा थापेर नेपाल आयल निगमका अधिकारीलाई हस्तान्तरण गरेका थिए । भने यता नेपाली अधिकारिले सो तेल भण्डारण गृहमा खन्याएका हुन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको प्राथमिकताअनुसार विकासमा सघाउने प्रतिवद्धता जनाएका छन् । नेपाल भारत पेट्रोलियम पाइपलाइनको संयुक्त उद्घाटनपछि भिडियो लिंकमार्फत सम्बोधन गरेका प्रधानमन्त्री मोदीले अपेक्षा गरेभन्दा अगाडि नै काम भएको भन्दै खुशी व्यक्त गरे ।
उनले दुई देशको राजनीतिक नेतृत्व नियमित सम्पर्कमा रहेको र नेपालका प्रधानमन्त्रीसँग आफ्नो चार पटक भेटवार्ता भएको स्मरण गर्दै भने, यसले आपसी विश्वास पक्का भएको छ र परस्पर हितका विषयमा समझदारी अझ मजबुत भएको छ ।’
पेट्रोलियम पाइपलाइनको उदघाटनपछि बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीले पाइप लाइन सञ्चालनमा आउनु नेपालका लागि उपलब्धिमूलक भएको बताए ।
यससँगै पाइपलाइनको माध्यमबाट भारतबाट आएको पेट्रोलियम पदार्थ अमलेखगञ्जस्थित डिपोमा भण्डारण हुन थालेको छ ।