Uncategorized

पेट्रोलियम पदार्थको मुल्य २ रूपैयाँ घट्यो

काठमाडौं – पेट्रोलियम पाइपलाइन उदघाटन संगै नेपाल आयल निगमले प्रमुख तीन इन्धनको मूल्य घटाएको छ । पेट्रोल डिजेल र मट्टितेलको साविक मूल्यमा २ रुपैयाँ घटाइएको निगमका कार्यकारी प्रमुख सुरेन्द्र पौडेलले जानकारी दिए ।

नयाँ मूल्य लागू भएसँगै पेट्रोलको १०७ र डिजेल तथा पेट्रोलको मूल्य ९५ मा झरेको छ । यसअघि पेट्रोलको मूल्य १०९ र डिजेल तथा मट्टितेलको मूल्य समान ९७ रुपैयाँ थियो ।

समायोजन भएको नयाँ मूल्य मंगलबार दिउँसो १२ बजेबाट लागू हुने निगमका कार्यकारी प्रमुख पौडेलको भनाइ छ ।

नेपाल र भारतका प्रधानमन्त्रीले दुई देशबीचको पेट्रोलियम पाइपलाइन मंगलबार नै उद्घाटन भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker