Uncategorized

आज प्रदोषव्रत, भगवान शिबजीको दर्शन गर्नाले शुभ रहनेछ

श्रीगणेशायनमः ।। आज विक्रम संवत् २०७६ साल भाद्र महिनाको २५ गते बुधवार हो । सृष्टिदेखि हालसम्म १९५५८८५१२० वर्ष व्यतित भइसकेका छन् । कलिकालको ५१२० औँ वर्ष श्रीशालिवाहनीय शाके १९४१, ईशवीय संवत् २०१९ अन्तर्गत परिधावी नामक संवत्सर चलिरहेको छ । सूर्य दक्षिणायनमा छन् । वर्षा ऋतुअन्तर्गत भाद्र शुक्लापक्षको त्रयोदशी तिथि राति ४।४४ बजेसम्म रहनेछ । यो महिनाका देवता हृषिकेश र मासदेवी अपराजिता हुन् । सूर्य सिंह राशिमा छन् भने वृहस्पति वृश्चिक राशिमा रहेका छन् । श्रवण नक्षत्र दिवा ३।१७ बजेसम्म रहनेछ । आज अतिगण्ड योग र कौलव करण रहेको छ । यसैगरी आज काठमाडौँमा सूर्योदय ५।४७ मा छ भने सूर्यास्त बेलुका ६।१२ बजे हुनेछ ।

चन्द्रमा आज मकर राशिमा छन् । यसैगरी आज प्रदोषव्रत परेको छ । आज सन्ध्याकालीन समय विशेष दोषयुक्त रहने भएकाले केवल शिवजीको उपासना मात्र शुभ रहनेछ ।

उपप्राध्यापक नारायणप्रसाद निरौला
ज्योतिषाचार्य, वास्तुविद्          
You need to install the TieLabs Instagram Feed plugin to use this feature.
Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker