डोनाल्ड ट्रम्पले हटाए आफ्नो सुरक्षा सल्लाहकार
एजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनलाई एक्क्कासि हटाएका छन् । ट्रम्पले मंगलबार ट्वीट गरी राष्ट्रिय सुरक्षा सल्लाहकारलाई बर्खास्त गरिएको जानकारी दिएका हुन् । राष्ट्रपति ट्रम्प बोल्टनका धेरै सुझावसँग असहमत थिए |
राष्ट्रपति ट्रम्पले जोन बोल्टनलाई ट्वीट गरेर भनेका छन्, ‘व्हाइट हाउसलाई अब तपाईंलाई आवश्यक पर्दैन | मैले गत रात जोन बोल्टनलाई सूचित गरेंको थिए कि ह्वाइट हाउसमा उनको सेवाको आवश्यक छैन। म उनको धेरै सुझावसंग असहमत छु ।’
अर्को पोष्टमा उनले भनेका छन्, ‘मैले जोनलाई राजीनामा मागेँ जुन आज बिहान मलाई दिइयो । म जोनलाई उनको सेवाको लागि धेरै धेरै धन्यवाद दिन्छु । म अर्को हप्ता नयाँ राष्ट्रिय सुरक्षा सल्लाहकारको नाम घोषणा गर्ने छु।’
यसैबीच, जोन बोल्टनले पनि यस विषयमा ट्वीट गरेका छन्। उनले भनेका छन्, ‘मैले राष्ट्रपति ट्रम्पलाई गत रात राजीनामा गरेको थिएँ, तर ट्रम्पले भने कि भोली यसका बारे कुरा गरौं।’ तर उनीसँग कुरा गर्नुको साटो ट्रम्पले उनलाई सेवाबाटै हटाइदिएका छन् ।
अन्तराष्टिय सञ्चारमाध्यामहरुका अनुसार इरान, उत्तर कोरिया र अफगानिस्तान जस्ता ठूला देशप्रति अख्तियार गरिने विदेश नीतिमा चुनौतिहरूको सामना गर्न बोल्टनको सुझावप्रति ट्रम्पले शंका व्यक्त गर्दै आएका थिए |