अर्थ खबर

भारतमा नेपाली एटिएम कार्ड नचले राष्ट्र बैंकमा एक कल फोन गर्नुहोस्

काठमाडौं – नेपाली बैंक तथा वित्तीय संस्थाहरुको एटिएम बोकेर भारत पुगेकाे तर कार्ड नचलेर रकम निकाल्न नपाएकाहरुलाई नेपाल राष्ट्र बैंकले सहयोग गर्ने भएको छ ।

स्वास्थ्य उपचार, भ्रमण तथा विविध कामले भारत पुगेका नेपालीहरु आफूले बोकेको एटिएम कार्ड नचलेर सास्ती पाएको खबर पछि राष्ट्र बैंकले सहयोग गर्ने बताएको हो ।

चिनिया ह्याकरहरुले सिस्टम नै ह्याक गरे पछि नेपालका बैंक तथा वित्तीय संस्थाहरुले अहिले पनि सम्बिन्धत बाहेकका एटिएमबाट पैसा निकाल्न नमिल्ने बनाएको छ ।अर्थात तपाईको जुन बैंकको एटिएम कार्ड छ त्यहीँ बैंकको एीटएम मेसिनमा गए मात्रै रकम निकाल्न सक्नु हुनेछ ।

एउटा बैंकको एटिएम कार्ड प्रयोग गरेर अर्को बैंकको एटिएम मेसिनबाट पैसा निकाल्न नपाउने भए पछि भारत पुगेका नेपाली समस्या परेको गुनासो आएको थियो । यस्तो समस्यामा परेकाले नेपालमा रहेका आफ्ना आफन्तमार्फत आफूलाई सम्पर्क गरे २४ घण्टाभित्रै भुक्तानीको व्यवस्था मिलाइने राष्ट्र बैंकका प्रवक्ता लक्ष्मी प्रपन्न निरौलाले जानकारी दिए ।

‘पैसा निकाल्न नपाएर समस्यामा हुनुहुन्छ भन्ने जानकारी पाएका छौं, यसका लागि हामी सहजीकरण गर्न तयार छौं’ प्रवक्ता निरौलाले भने, ‘समस्यामा परेकाको आफन्तले मेरो व्यक्तिगत नम्बर ९८५१२१०९१९ मा सम्पर्क गरेँ, २४ घण्टाभित्रै भुक्तानीको व्यवस्था हामी मिलाउछौं ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close