धर्म संस्कृतिसमाचार

भगवान श्री कृष्ण र गीता ज्ञानको महत्व

कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन ।

मा कर्मफलहेतुर्भुर्मा ते संगोऽस्त्वकर्मणि ॥

सम्पूर्ण सनातन जगत र अध्यात्मलाई एउटै ब्यक्तित्वले जोड्नसक्छ भने ति ब्यक्ति अरु कोही होइनन्, स्वं भगवान श्री कृष्ण हुन् । महान संस्कार, विशाल सांस्कृती र अभुतपूर्व इतिहास वोकेका श्री कृष्ण ।

त्यसै गरि सम्पूर्ण मानव जगत र विवेकललाइनै आफ्नो योगीक र अध्यात्मिक ज्ञान अनि चराचर जगतको जागरणको महत्वपूर्ण सेतुले कुनै एउटा पुस्तकले बाँध्नसक्दछ भने त्यो पुस्तक पनि भागवत गीता मात्रै हो । भारतबर्षमै सबैभन्दा धेरै प्रकाशन र वितरण भएको पुस्तकका सुचीमा हजारौँ बर्षदेखिनै भागवत गीताको नाम आउनेगर्दछ ।

श्री कृष्ण सनातन पथका एक छर्लङ्ग अनि पारदर्शि गुरु हुन् किनभने यिन्ले यस जगतका सम्पूर्ण मिठास, स्नेह र प्रेममय अविस्मरणीय मार्गहरुलाई हामीमाझ परिभाषित गर्दै अध्यात्मसँग जोडेका छन् । भागवत गीतामा धर्म भन्नाले श्री कृष्णले कुनै धर्म विशेषलाई नभनि मानवतालाई परिभाषित गरेको, मानव दायित्वलाई परिभाषित गरेका र सत्यलाई उजागर गर्ने पथको वकालत गरेको पाइन्छ , यसअर्थमा श्री कृष्ण कुनै धर्म या मार्गका प्रवर्तक भन्दा पनि मानवता र प्रेमको प्रतिमाकारुपमा लिन सकिन्छ ।

श्री कृष्ण वहुआयामिक ब्यत्तित्व हुन् जस्ले मानव जिवनका हरेक आयामहरुमा अन्तरमनको चलायमान आदर्शका आधारमा सिद्धता हासिल गरेका थिए । उनि एकजना साधु, प्रवर्तक र सन्तमात्र नभई समग्र जगत र जगतवाहिरपनि मा मानव उपस्थितीको र मानव महत्वको पूर्नपरिभाषाकार हुन् । उन्का वाक्याशं र मधुरवचनमा मानवहृदय भित्रको असिमीत इश्वरिय र अध्यात्मिक उज्यालोको ब्याख्या र सस्मरण पाइन्छ ।

भगवान श्री कृष्णका ज्ञानहरु
असीमीत ज्ञानको भण्डार वैदिक दर्शनका पथप्रदर्शक भगवान श्री कृष्णका ज्ञानहरु भागवतका मुख्य केन्द्रविन्दु र उपनिषधका ज्ञानहरु मार्फत आत्मअनुभुतीका साचोहरुका रुपमा रहेका छन् ।
भगवान श्री कृष्ण अर्को हिसाबमा योगका ब्याख्याकार पनि हुन् र उन्को वचन भागवत गीतापनि सम्पूर्ण रुपमा योगाको पाठहरु र विशेष अध्यात्मिक योग अभ्यास र ज्ञानको संकलन पनि छ ।
भक्तिमार्गको अनि इश्वरियपथका प्रदर्शक श्री कृष्ण एउटा शिखर पुरुष हुन् र उनि अध्यात्म स्वरुपका मुख्य चित्र पनि हुन । कर्मयोग, ज्ञानयोग, अष्टाङ्ग योग, भक्तियोग र परिवर्तनकारी क्रियाकलापहरुका वारेमा कृष्णले अर्जूनलाई दिएका ज्ञानहरु नै भागवतको आधार हो, कुटनिती र ब्याख्यामा कृष्णलाई कसैले भेटन सक्दैन ।

संसारका धेरै सफल र वहुआयामिक ब्यत्तित्वहरु भागवत गीताका अनुयायीहरु छन् चाहे तिनी महान वैज्ञानिक अल्वर्ट आइन्सटाइन हुन या पूर्व अमेरिकि राष्ट्रपति अबा्रहम लिकंन या विश्वप्रसिद्ध सांगीतिक समुह विटल्सका जर्ज ह्यारिसननै किन नहुन । महात्मा गान्धी लगायतका धेरै अरु अन्तराष्ट्रिय ब्यक्तित्वहरुले पनि कृष्णको चरित्र लिला र भागवत गीताको खुलेर प्रशंशा गरेका छन् । जिवन वाँच्ने सनातन निर्देशिकानै भागवत गीता हो ।

गीताका केही श्लोकहरु : 

अदृष्टपूर्वं हृषितोऽस्मि दृष्ट्वा भयेन च प्रव्यथितं मनो मे |
तदेव मे दर्शय देव रूपं प्रसीद देवेश जगन्निवास || ११/४५ ||

मैले पहिला न देखेको तपाईंको यो आश्चर्यमय रुपलाई देखेर हर्षित र मेरो मन भयले व्याकुल पनि भइरहेको छ, त्यसैले तपाईं आफ्नो त्यो चतुर्भुज विष्णु रुप देखाउनुस्। हे देवेश! जगन्निवास! प्रसन्न हुनुहोस्।

किरीटिनं गदिनं चक्रहस्त-मिच्छामि त्वां द्रष्टुमहं तथैव |
तेनैव रूपेण चतुर्भुजेन सहस्रबाहो भव विश्र्वमूर्ते || ४६ ||

म त्यस्तै तपाईंलाई मुकुट धारण गरिएको तथा हातमा गदा र चक्र लिइएको देख्न चाहन्छु। त्यसैले हे विश्वरुप! हे सहस्रबाहो! तपाईं त्यही चतुर्भज रुपमा प्रकट हुनुहोस्।

श्रीभगवानुवाच |
मया प्रसन्नेन तवार्जुनेदं रूपं परं दर्शितमात्मयोगात् |
तेजोमयं विश्र्वमनन्तमाद्यं यन्मे त्वदन्येन न दृष्टपूर्वम् || ४७ ||

श्रीभगवानले भन्नुभयो – हे अर्जुन! अनुग्रह पूर्वक मैले आफ्नो योगशक्तिको प्रभावले यो मेरो परम तेजोमय, सबैको आदि र सीमारहित विराटरुप तिमीलाई देखाएको छु, यसलाई तिमी बाहेक अरु कसैले पनि देखेको छैन्।

न वेदयज्ञाध्ययनैर्न दानै- र्न च क्रियाभिर्न तपोभिरुग्रै: |
एवंरूपः शक्य अहं नृलोके द्रष्टुं त्वदन्येन कुरुप्रवीर || ४८ ||

हे अर्जुन! मनुष्य लोकमा यसप्रकार विश्वरुप वाला न म वेद अध्ययनले, न यज्ञले, न दानले, न कुनै क्रियाले, न उग्र तपले नै तिमी बाहेक अरु कसैद्वारा देख्न सकिन्छ।

मा ते व्यथा मा च विमूढ़भावो दृष्ट्वा रूपं घोरमीदृङ्ममेदम् |
व्यपेतभी: प्रीतमनाः पुनस्त्वं तदेव मे रूपमिदं प्रपश्य || ४९ ||

मेरो यो विकराल रुप देखेर तिमीले डराउनु पर्दैन्थ्यो र मूढभाव पनि न हुनुपर्ने तिमी भय रहित र प्रीतियुक्त मनवाला भएर मेरो चतुर्भज रुप हेर।

क्रमशः

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker