राजनीतिहेडलाईन

राष्ट्रपति विद्यादेवी भण्डारी बसन्तपुरमा ,शंकास्पद व्यक्ति प्रहरि नियन्त्रणमा

काठमाडौँ- वसन्तपुरमा आयोजना भइरहेको इन्द्रजात्रा अवलोकनका लागि राष्ट्रपति विद्यादेवी भण्डारी शुक्रबार अपराह्न त्यहाँ पुगेकी छन्। विरोधको आशंकामा सुरक्षा कडा बनाइएको छ।बाक्लो संख्यामा सुरक्षाकर्मीले घेरा हालेर बाटो खाली गरिएको छ।

प्रहरीले राष्ट्रपतिविरुद्ध हुन सक्ने गतिविधिलाई मध्यनजर गर्दै शंकास्पद व्यक्तिहरुलाई नियन्त्रणमा लिइरहेको छ। राष्ट्रपति अपरान्ह ४ बजे बसन्तपुर पुगेकी हुन्। बसन्तपुरमा इन्द्रजात्राको अवलोकन गर्ने राष्ट्रपतिको नियमित वार्षिक कार्यक्रम हो।

प्रहरी बसन्तपुर क्षेत्रबाट २ सय ५० थानभन्दा बढी टीसर्टसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। राष्ट्रपतिविरुद्ध नाराबाजी , कालो झन्डा देखाउन सुनियोजित कार्यक्रम भएको भन्दै प्रहरीले पूर्व डीआईजी र पूर्व कर्नेलसहित ५० भन्दा बढीलाई पक्राउ गरेको छ।

गुठी विधेयक विरोधी आन्दोलनका अभियन्ताहरुको मागप्रति उदासिनता देखाएकोमा राष्ट्रपतिको कार्यक्रममा विरोध जनाउन खोजिएको बुझिएको छ। भष्ट्रचार विरोधी अभियान समूहको नेतृत्वमा दिउँसो १ बजे बसन्तपुरस्थित भुगोलपार्कमा कार्यक्रम आयोजना भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker