स्थानिय गतिबिधिस्थानीय
नेपाल मानब अधिकार संगठन मन्डन देउपुर इकाईको अध्यक्षमा राजकुमार मल्ल चयन

काभ्रे – नेपाल मानब अधिकार संगठन मन्डन देउपुर इकाईको अध्यक्षमा राजकुमार मल्ल चयन भएका छन् ।
शुक्रबार मन्डन देउपुर कुन्ताबेसिमा भएको भेलाले नयांँ कार्समितिको चयन गरेको ईकाइका अध्यक्ष राजकुमार मल्ले जानकारि दिए । समितिका उपाध्यक्ष धन बिर तामाङ, सचिब रामचन्द्र ढकाल, कोषाध्यक्ष अर्जुन बजगाई, सहकोषाध्यक्ष गिता पराजुली श्रेष्ठ, सहित ११ सदस्यीय कार्यसमिति गठन भएको हो ।
मानब अधिकार तथा, महिला हिंसाको बिषयमा काम गर्दै आएको नेपाल मानब अधिकार संगठनले कार्यसमिति गठन गरेपछि मण्डन देउपुरमा मानब अधिकार हननका घटना कम हुने बिश्बास गरिएको छ ।