पत्रपत्रिकाराजनीति

संसदिय उपसमिति मेडिकल माफियाको प्रभाबमा

काठमाडौं – आज प्रकाशित नागरिक दैनिकमा शिक्षा तथा स्वास्थ्य समिति अन्तर्गतको उपसमिति मेडिकल माफियाको प्रभावमा परेको समाचार छ । मेडिकल कलेजहरुको शुल्क विवादलगायत विविध विषयमा अध्ययन गर्न गठित उपसमितिको प्रतिवेदनबाट मेडिकल कलेजहरुको सम्बन्धन खारेज गर्न सिफारिस गर्ने प्रस्ताव नै हटाइएको छ । संसदीय उपसमिति माफियाको प्रभाव परेर कारबाहीको अंश हटाइएको समाचारको निष्कर्ष छ ।

समाचारमा लेखिएको छ, ‘समितिका सदस्य सुरेशकुमार राईको संयोजकत्वमा गठित उपसमितिले निजी मेडिकल कलेजहरुले सरकारले तोकेको भन्दा चर्को शुल्क असुल गरेर विद्यार्थीमाथि ठगी गरेको निष्कर्षसहितको गम्भीर विवादमा मुछिएका मेडिकल कलेजको सम्बन्धन खारेजीका लागि निर्देशन दिनेगरी प्रतिवेदनको प्रारम्भिक मस्यौदा तयार पारेको थियो । तर मेडिकल कलेज सञ्चालकको चलखेल र प्रभावमा उक्त सम्बन्धन खोरेजीको प्रस्ताव हटाएको खुल्न आएको छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker