पत्रपत्रिकासमाचार

कर्णालीमा गरिबीले ज्यान लिँदै

कर्णालीमा पछिल्ला ३ वर्षमा आत्महत्या गर्ने  ७ सय २८ जनामध्ये २ सय ५५ जनाले गरिबीका कारण आत्महत्या गरेको समाचार  आजको कान्तिपुर दैनिकले  छापेको छ । गरिबीबाट उत्पन्न यो भयावह परिणामलाई कम गर्नेबारे तीनै तहका सरकारले प्रभावकारी रणनीति बनाएको पनि नदेखिएको समाचारमा उल्लेख छ ।

कर्णाली प्रदेश प्रहरी कार्यालयको त्रिवर्षीय तथ्यांक केलाउँदा पनि यस्तो तथ्य देखिन्छ । कार्यालयका अनुसार पछिल्ला तीन आर्थिक वर्षमा कर्णालीमा ७ सय २८ जनाले आत्महत्या गरेका छन् । तीमध्ये गरिबीको कारण आत्महत्या गर्नेको संख्या २ सय ५५ जना छ ।

कार्यालयका प्रवक्ता डीएसपी लोकनाथ तिम्सिनाका अनुसार गरिबीपछि आत्महत्या गर्ने दोस्रो प्रमुख कारण घरेलु हिंसा हो । तीन वर्षको अवधिमा घरेलु हिंसाको कारण २ सय २४ जनाले आत्महत्या गरेको उनले बताए । ‘घरेलु हिंसा पनि गरिबीसँगै जोडिएको हुन्छ,’ डीएसपी तिम्सिनाले भने, ‘यसरी हेर्दा गरिबी आत्महत्याको प्रमुख जड हो ।’ आजको कन्तिपुरले भनेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker