रोचकसमाचार

२२१ जना केटासँग प्रेम असफल भएपछि कुकुरसँग बिबाह गरिन् मोडलले(भिडियो सहित)

[mashshare]

एजेन्सि- बेलायतकी एक जना पूर्वमोडलले २२१ जना केटासँगको प्रेम असफल भएपछि कुकुरसँग बिहे गरेकी छन् ।

इलिजावेथ होडले टेलिभिजन कार्यक्रमको प्रत्यक्ष प्रसारणमा आफूले पालेको कुकुरसँग विवाह गरेकि हुन् । उनी ४९ बर्षकी छिन् ।

इजिजावेथ सन् १९९० को दशककी चर्चित पेज ३ मोडल हुन् । पेज ३ ट्याबलोइड पत्रिकामा मोडलहरु समावेश गरिने स्थान थियो ।

उनका एक २५ वर्षीय छोरासमेत छन् । तर धेरैपटकको सम्बन्ध विच्छेद र असफल प्रेम सम्बन्धपछि आफूले सम्बन्धमा दिगोपन चाहेको इलिजावेथको भनाइ छ ।

उनका अनुसार कुकुर मानिसजस्ता जाली र झेली हुँदैनन् । कुकुरसँग बिहे गर्नासाथ उनको प्रश्न छ– केटो किन चाहियो ? यो घटनालाई धेरैले आश्चर्य मानेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker