जीवनीधर्म संस्कृति

ओशो यसरि बने भगवान ‘रजनीस’: प्रेरक प्रसंग

ओशो, आध्यात्मिक गुरु तथा सेक्स गुरुको नामले बढी चिनिन्छन । भारतको संस्कृति र धर्ममा उनले निकै कडा प्रभाव पारेका थिए । स्वभावैले क्रान्तिकारी उनले आफ्नै देश भारतमा निकै आलोचनाको शिकार समेत हुनुपर्यो। तथापी पश्चिमी देशहरुमा भने उनलाई निकै सम्मान दिइयो, आध्यात्मिक गुरुको दर्जामा राम्ररी स्थापित भएका थिए ।

सन् १९३१ डिसेम्बर ११ मा जन्मेका उनको सुरुवाती नाम चन्द्र मोन जैन थियो । पछि उनलाई आचार्य रजनिश बोलाइयो । सन् १९६० को दशक पछि भगवान श्री रजनीशले चिनिए अनि सन् १९७० पश्चात ओशो नाम चर्चित बन्यो । उनको प्रवचन सेक्सलाई लिएर निकै उदार मानिन्छन । अध्यात्म र शारिरीक सम्बन्ध आपसमा सम्बन्धित रहेको उनका रेकर्डेड प्रवचनमा सुन्न पाइन्छ । सेक्स प्रति उदार नीतिका कारण उनलाई भारतीय मडियाले निकै आलोचना गरेपछि ‘सेक्स गुरु’ भनि नाम उनीमाथी थोपरिएको थियो। ओशोसंग ९८ वटा रोल्स रोयस कार थियो । सबै कार उनका अनुयायीहरुले दान दिएका थिए । जव उनीसंग प्रश्न सोधिन्थ्यो, गरिबलाई किन दान दिनुहुन्न ? उनी भन्थे, ‘विश्वका सबै धर्मले गरिबको हेरविचार गरेका छन्, मलाई धनीहरुको हेरविचार गर्न दिइयोस’ ओशोले आफुलाई ‘धनीहरुको गुरु’ बताउँथे । अध्यात्ममा यसरी धन जोडिदा अलि अवास्तविक लाग्नु स्वभाविक हो, तर ओशो तर्क गर्थे, जबसम्म सांसरिक सुख भोग हुँदैन सो व्यक्ति अध्यात्म बुझ्न र त्यस तर्फ झुक्न सक्दैन ।

ओशोले सबैभन्दा बढी चर्चा गर्ने गरेको किताब ‘द बुक अफ मिरडाड’ विश्वमा निकै कम पढिएको अनि पढेका मध्येमा पनि निकै कमले मनपराएको किताब हो । आफ्ना प्रवचनमा उनी आफ्नै धारणा, दृष्टीकोण, अनि तर्क दिन्थे। उनका हरेक प्रवचन समाजमा चलिरहेको रितीथिती, परम्परा अनि संस्कृति विरुद्ध हुन्थ्यो । विना तर्क उनी बोल्दैनथे । त्यसैले छिट्टै पश्चीमीहरु उनको प्रवचन तर्फ आकर्षित भएका थिए । उनको हिन्दिमा र अंग्रेजीमा दिइएको प्रवचन अहिले इन्टरनेटमा देख्न सुन्न पाइन्छ । भारतमा आफ्ना अनुयायीको सङ्ख्या बढ्न नसकेपछि उनी सन् १९८१ मा अमरिका पुगेका थिए । जहाँ एक अन्तराष्ट्रिय समुदाय स्थापना भयो जसलाई पछि रजनीशपुरमको नामले चिनियो । यो ठाउँ अमेरिकाको ओरेगनमा थियो । यहाँ ओशो आफ्ना अनुयायीहरुसंग साथ बस्दथे । उनका अनुयायीहरु ओशोले निर्दिष्ट गरेको विधि आत्मसात गरि ध्यान गर्थे । सो ध्यान विधि अझ स्पष्ट पार्न उनी कथा, कविता तथा अन्त दार्शनिक प्रवचन दिने गर्थे अनि अनुयायीका प्रश्नको जवाफ दिन्थे ।
रजनीश आफ्ना ११ जना दाजुभाइ मध्येका सबैभन्दा कान्छा थिए ।

आमाबाबुको व्यक्त दैनिकीको कारण उनी आफ्नो मामली हजुरबा–आमासंग बस्दथे । उनको हजुरबुबाको निधन पछि उनी गदरवारामा आफ्नो आमाबाबुसंग बसेका थिए । केही वर्ष पछि उनी आस्तिक विरोधी भए । हिम्नोसिस तर्फ उनी आकर्षित भएका थिए । आस्तिक विरोधी भएतापनि उनी आफुलाई नास्तिक बताउँदैन थिए । उनी भगवान मान्दैनथे तर मानिस भित्र हुने दैविक गुण मान्दथे, जान्दथे ।

२१ वर्षको उमेरमा परिवारले उनलाई विवाहको लागि दबाद दियो । सन् १९५३ मार्च २१ मा जब्लापुर स्थित एक बगैचाको रुखमूनी ध्यानको क्रममा उनलाई बुद्धत्व प्राप्त भयो । खोक्रो कर्मकाण्ड र झुठो आश्वसन फैलाएकोमा उनले भारतीय धार्मिक गुरुहरुको कडा आलोचना गर्थे । अर्का तर्फ धनी अनि ठूला व्यावसायीहरु उनी तर्फ आकर्षित भएका थिए । ओशोले आफ्ना अनुयायीहरुलाई ध्यान विधि र अध्यात्म सिकाउँदै गए र सन् १९९० जनवरी ९ मा अमेरिकाबाट भारत फर्किएपछि पुनेमा उनको हृदयघातबाट मृत्यु भयो । केही स्रोतहरु भने उनलाई अमेरिकी सरकारले हत्या गरेको बताउँने गर्छन् जुन अहिलेसम्म रहस्यमै छ ।

 

You need to install the TieLabs Instagram Feed plugin to use this feature.
Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker