आइडियाविशेष

पयल्सको समस्याबाट पिडित हुनुहुन्छ ? थाहा पाउनुहोस् रोकथामका उपाय

दिसा गर्दा रगतआउनुलाई पायल्स भनेर आम रूपमा बुझिन्छ तर यो गलत हो । दिसा गर्ने ठाउँबाट रगतसँगै आयो भने वा अलग्गै आयो भने त्यो पायल्स नै हुँदैन ।
पायल्सको कारण दिसाबाट रगत आउने हुन्छ तर अरु रोगको कारण पनि हुन्छ । दिसा गर्दा रगत आउनेबित्तिकै पायल्स भन्न मिल्दैन । दिसा गर्दा नमिसिएर अलग्गै रगत आउने भनेको दिसा गर्ने ठाउँका नशाहरू फुल्नु हो । दिसा गर्ने ठाउँमा नशाहरू फुलेर बसेको छ भने त्यसलाई पायल्स भनिन्छ । दिसा गर्ने बेलामा एकदमै बल प्रयोग हुनु पनि पायल्सको लक्षण हो ।दिसाबाट रगत आयो भन्ने मानिसहरूअस्पताल आउने गरेका छन्, तर रगत आउँदैमा पायल्स नै भएको हुँदैन ।
पायल्स धेरैलाई हुने गरेको पाइन्छ । मुख्यतयाःशरीरको बनोटअनुसार नै दिसा निस्किने घरनिरको (यानल क्यानल) बाट दिसा बाहिर निस्किन्छ । त्यसको अन्तिम भागलाई यानलक्यानल भनिन्छ । यानलक्यानलमा भएको नशाहरूफुलेर बस्ने, सुन्निएर बस्ने अवस्थालाई पायल्स भनिन्छ । कन्यो, बल प्रयोग गर्यो भने रगत आउँछ । धेरैमा वयष्क उमेरपछि मात्र पायल्स देखिन्छ किनभने विभिन्न कारणले त्यहाँको नशाहरूफुल्न सक्छ । जन्मजात नशा फुलेर बसेको पनि हुन्छ तर कारण केहो त्यहीअनुसार जुन कारणबाट भएको हो, त्यो हेरेर उपचार गर्नुपर्छ ।
महिलाहरूमामहिनावारी भएको समयमा त्यहाँको नशाहरू फुलेर आउन सक्छ । किनकि पाठेघर थिच्चिने हुनाले त्यहाँ माथि आउने नशाले थिच्छ र त्यहाँको नशाहरू सुन्निएर जान सक्छ ।
सधैं कब्जियत भइरहने जसलाई पनि पायल्स हुन्छ । उमेर बढ्दै जाँदा कन्ने, दिसा गर्दा बल गर्ने र त्यहाँको नशा फुल्ने हुन्छ । नशाहरू माथि फर्किएर आउने क्रममा कुनै रोकावट जस्तै– तल्लो पेटमा ट्युमर, क्यान्सर छ भने नशा ब्लक हुन्छ र त्यहाँको नशा फुलेर आउन सक्छ ।

पायल्स रोकथाम कसरी गर्ने ?
कब्जियत हुन नदिने, दिसा गर्दा बल प्रयोग गर्न कम गर्ने नै हो मुख्य उपाय । तर नशा फुलेर बस्दैमा कुनै उपचार गर्नुपर्छ नै भन्ने हुँदैन । रगत आउन थाल्यो, हुँदाहुँदा नशा फुलेर दिसा गर्दा नशा नै बाहिर आएर बस्यो, भित्र गएन र धकेल्नु नै पर्यो या बाहिर बसिरहने, दुख्ने, सुन्निने, घाउ हुने समस्या पायल्स हुँदा हुन्छ । दिसा खुलस्त आउन थाल्यो भने बल गर्नुपर्दैन । यो कुरा खाना कस्तो खाएको छ भन्नेमा भर पर्छ । फाइवरयुक्त खानेकुरा खाने, रेसादार भएको साग तरकारी, हरियो सागसब्जी, गहुँको खाना खायो भने दिसा कस्सिएर बस्दैन । रेसा नभएको ब्ल्यान्ड डाइटहरू मःम, मैदाको पिज्जा, बर्गर, पाउरोटी, आलु, भात, माछा मासु बढी खाने गर्यो भने दिसा कस्सिएर जान्छ। त्यसले गर्दा रगत आउँछ र पायल्स बढ्दै जान्छ ।
रेगुलर दिसा गर्ने बानी, ट्वाइलेट समय समयमा जाने, दैनिक धेरै पटक जाने त्यस्तो गर्दा दिसा कस्सिएको हुन पाउँदैन । तर कसैको दुई÷तीन दिनमा नै कब्जियत भइराख्ने हुन्छ । उनीहरूको दिसा कसिलो हुन्छ, त्यसले गर्दा पायल्सलाई बढावा दिन्छ ।
सामान्य किसिमको पायल्समा दिसा गर्दा कनेको वा बल गर्दामात्रै पनि रगत आउँछ । कम्प्लिकेटेड पायल्स भनेको नशा नै बाहिर आउने हो । यस्तो पायल्स हुँदा सर्जरी नै गर्नुपर्छ ।

पायल्समा तीनवटा डिग्री
फस्र्ट डिग्रीमा दिसा गर्दा कनेको बेलामा रगतमात्रै आउने र नशा फुल्ने हुन्छ ।
दोस्रोमा त्यो ठूलो हुँदै आउनु, दिसा गर्दा नशाको डल्लोहरू बाहिर निस्किनु, दिसा गरिसकेपछि त्यो आफैँ माथितिर फर्किनु हो ।
अनि दिसा गर्दानशाको डल्ला बाहिर आउने र भित्रै नजाने पायल्सचाहिँ थर्ड डिग्री पायल्स हो । फस्र्ट डिग्री पायल्समा औषधिले मात्रै काम गर्छ । सेक्ने हो भने पनि त्यसले खासै दुःख दिँदैन ।
सेकेन्ड डिग्री पायल्समा कहिलेकाहिँ औषधिले मात्रै काम गर्दैन । औषधिको साथसाथै इन्जेक्सन लगाउने, ब्यान्डिङ गर्ने, कायोथेरापी गर्ने गरिन्छ ।
थर्ड डिग्रीको पायल्सलाई भने सर्जरी गरेर नशाको फुलेको डल्लोहरूलाई छोट्याउने र काटेर फाल्ने गर्नुपर्छ ।
खानपानका कारण यो रोग बढ्दै गएको पाइएको छ । तर सागसब्जी खाने मानिसमा यो रोग हुने कम सम्भावना हुन्छ । सहरी क्षेत्रका मानिसमा ग्रामीण क्षेत्रमा भन्दा अलि बढी रहेको छ । कब्जियत बढी हुनेलाई पायल्स हुने सम्भावना धेरै हुन्छ तर नहुनेलाई पनि पायल्स हुन्छ ।
पायल्स भएको जस्तो लागेको छ भने बेलैमा जँचाइहाल्नुपर्छ, ढिलो गर्नु हुँदैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker