आजबाट सोह्र श्राद्ध शुरु, यस्तो छ सोह्र श्राद्धको ईतिहास

काठमाडौं – आजबाट सोह्र श्राद्ध शुरु भएको छ । आर्य समुदायले दशै आउनु पुर्व आफ्ना बितेका पुर्खा हरुको सम्झनामा सोह्र श्राद्ध गर्न शुरु गरेका हुन् भन्ने जनबिश्वास रहेको छ ।
आज भन्दा करिवन ३००० बर्ष अगाडी जब आर्यहरू हिन्दुज नदिमा आइ सभ्यताको बिकास गर्न थाले तब देखि जीवनका दैनिकीलाइ शैली बद्ध रूपमा नियम बनाउदै जादा एक अर्को हुदै मुखाखर सयौ बर्ष चलन चल्दै गयो र पछि धेरै अनुभव र अनुसन्धान पछि लिपी बद्धको रूपमा एजुर्बेद बन्यो जुन बिश्वको पहिलो ग्रन्थको रुपमा मानिदै आएको छ !
आफ्ना सन्तानबाट बर्ष भरी प्रतिक्षा गर्दै आशागरी बसेका हुन्छन रे सन्तानले उनीहरु प्रतिको सम्मान गरुन भनेर । हुन् त् आफुलाई संसार देखाउने पूर्वज संग जोडिएको यो रगतको सम्बन्ध भए पनि समय ,परिस्थिति र व्यस्तताले सधै उनीहरुको सम्झनामा लिन हुन् सकेका छैनन मानिस ,! तर हामीलाई आशिर्बाद दिन ,हाम्रो कृतिहरुलाई ,स्वभावहरुलाई उनीहरुले विचार गर्न चन्द्रलोकको माध्यमबाट दक्षिण दिशामा आफ्नो मृत्यु तिथीका दिन आफु हुँदाको जन्म तथा कर्म थलो आफ्नो सन्तानलाई राखिएको आफ्नो घरको ढोकामा आउछन अरे आशा लगाई अनि त्यहा पाएको सम्मानले खुशी भै गद्गद् गरी आफ्ना सन्तानको रक्षा गर्दै नयाँ पिढीलाई आशिर्वाद दिन्छन भन्ने जन बिश्वास रहेको पाईन्छ ।
यस्ता शक्ति शाली पुर्खा बितेर गएका आफ्ना पूर्वज बाट लिएको अनुभूतिले गर्दा होला आर्यहरूले प्रकृतीको पुजा गर्न चलन बनाए , जो बाट जीवन मिल्यो र जीवित रही संसार हेर्न सम्भव भयो उसको सम्मान अनि श्रद्धा गर्ने चलन चलाए। पुर्खाको सम्मान र सम्झना गर्ने बिधि बनाएर बार्षिक रूपमा सम्पूर्ण पुर्खालाइ सम्झेर पिण्ड दिदै आफन्तलाई बोलाउने र बाहुनलाई श्रद्धाले भोजन गराई खुशी पार्दै श्राद्ध गर्ने चलन बसाए ।
जीवित हुदा घर परिवार भए झैँ जब मानिसको मृतु हुन्छ त्यो बेला उनीहरू आकासको एक तह स्थानमा गइ बसेका हुन्छन अरे, ! त्यसैले त्यो ठाउँलाई पितृलोकको संज्ञा दिएका हुन् अरे !घर्म ग्रन्थको मान्यता अनुसार पितृलोकको एक दिन, हाम्रो पृथ्वीलोकको एक बर्ष हुन्छ अरे त्यसैले हामीले स्रद्धा गरी चढाएको खाना वा अर्पण गरेको बस्तु श्रद्धा सुमन उनीहरूले हरेक दिन प्राप्त गर्ने गर्दछन अरे !
यसरी यो चलन हजारौ बर्ष देखि चल्दै आयो। पाकिस्तानको हिन्दुज नदिको सभ्यतामा यसको बिकास भएकोले गर्दा होला आज पनि भारतमा आर्यहरूको बसाई सर्दा पनि हिन्दुज नामले चिनिने गर्दछन त्यसैले होला आज हिन्दुस्तान र धर्म हिन्दु नामले चिनिएका हुन् ।
हामी बर्षो देखी पुर्खाको सम्मानको खातिर बिधीबत रूपमा श्रद्धा र अपभ्रंस भइ आज श्राद्धको रूपमा मनाउदै आइरहेका छौं। आगो यो प्राकृतीक बस्तु होइन तिनै पुर्खाले निर्माण गरेका योगदानको आबिष्कार हो। यस्ता कैयौ किसिमका आबिष्कारको सम्झनामा जसरी , जुन बिनाको जीवन कति कष्टकर छ ,कति अन्धकार छ गहन भएर सोचौ र यसका लागी पनि उनीहरु प्रतीको कृतज्ञता हामीले गर्नु जरुरि छ !हामीले आफ्नो हिन्दु धर्न्म अनि संसारको अन्त हुन् नदिन र भावी सन्ततिले पनि जानी राख्नुन र सम्मान गरुन भनेर पनि सधै आफु भन्दा ठुलाले सिकाउदै र आज सम्म पनि बर्षमा बितेको दिन र तिथि पारेर अनि पुर्खाको एक मासिक पर्व निरन्तर मनाई रहेका छन् सोर्ह श्राद्ध नामले।
यस परिपेक्षमा समस्त पुर्खा जसले हामीलाई जन्म दिनु भयो र मानब जीवनको महत्व थाहा भयो जसले हामीलाई रोशनी दिई आँखा देखाउदै सधै असल बाटो हिड्न चेतना दिदै हरपल डोर्याइ राख्नु भयो र आज हामी बिच शरीर नरहेता पनि सधै जीवनमा असल बाटो देखाउन र सम्पूर्ण आफ्ना सन्नतिको रक्षा गर्दै आशिर्बाद दिनु होश भन्दै दशौ पुस्ताका पितृहरु प्रति म छोरी,बुहारी भएर बाध्यताले पर्देसी जीवन बिताउन परे पनि आज मेरो अगाडी ठिंग उभिनु भएको(कर्म दिने ) ससुरा बुवा र जन्म दिने( बुवा) अनि वहाहरु संग क्रम बद्ध रुपले जोडिदै आउनु भएको सम्पुर्ण दशौ पुस्ताका पितृहरु प्रति यो मरभुमी देश इजरायलमा रहेर पनि आफ्नो कर्तब्य पालन गर्दै हार्दिक श्रद्धा सुमन अर्पण गर्दछु ।
सबै पितृहरुमा भाव पूर्ण सद्धा सुमन” ओंम् पितृ देव भव: गीताको दोस्रो आध्यायमा चेतना रुपी कत्ति मिठो श्लोक ” एक पल्ट पढ्नु हुन्छ कि? आखिर यस्तो किन भनिएको होला त ? कर्म र कर्तव्य कति महत्वपूर्ण हो रैछ मानब जीवनमा ? “जीव हो प्रभुको अंश देहधारी सनातन , हो नित्य अविनाशी र सर्वव्यापी पुरातन , जलचर किरा पक्षी वनस्पति र मानब, प्रभु कै अंश हुन् प्राणी पशु र देवदानव , जो भन्छ यसले मार्छ जो यो भन्दछ मर्दछ, हुन् अज्ञानी दुवै ती यो नमर्द्छ नमार्द्छ , हक छ कर्ममा मात्र फलमा छैन अर्जुन , अल्छी र फलको आसे कर्म गर्नु नभैकन ।