रोचक

एउटा विचित्रको शहर जहाँ घरजग्गा किन्दा पैसा तिर्नु पर्दैन, उल्टै सरकारले पुरस्कार दिन्छ

एजेन्सी संसारमा विचित्रका समाचारहरु सार्वजनिक भइरहेका हुन्छन्। हालै एउटा यस्तै पत्याउन मुस्किल लाग्ने समाचार सार्वजनिक भएको छ।

जहाँ जग्गा जमिन खरिद गर्दा पैसा लाग्दैन उल्टै सरकारबाट पुरस्कार पाइन्छ। त्यसो त मानिसहरु घरजग्गा किन्न कराडौं रुपैयाँ खर्च गर्छन्। तर, इटालीको एउटा सहर छ जहाँ घरजग्गा किन्दा पैसा तिर्नु पर्दैन। उल्टै सरकारले नै पुरस्कार स्वरुप पैसा दिन्छ ।

इटालीको केन्डेला सहरका मेयरले घरजग्गा किन्दा ग्राहकले पैसा तिर्नुको साटो उल्टै सरकारले नै पुरस्कार स्वरुप पैसा दिने घोषणा गरेका हुन्। यो सहरमा बस्नका लागि घर खरिद गर्ने जो कोहीलाई सरकारले सित्तैमा घर उपलब्ध गराउने मात्र होइन, उल्टै २ हजार युरो पुरस्कार समेत दिन्छ।

यस्तो अफर केवल इटालियनका लागि मात्र होइन विदेशीहरुले समेत त्यहाँ घर किन्न पाउनेछन्। जागिर र राम्रो जीवनको खोजीमा बसाईसराई गर्दै शहर बासीहरु बाहिर जाने क्रम बढेर सहर रित्तिन थाले पछि स्थानीय सरकारले यस्तो अफर ल्याएको हो।

गाउँमा अहिले केवल बृद्धहरु मात्र रहेकाले उनीहरुको मृत्युपछि सहर नै खाली हुने अवस्था आएको छ। सिएनएनका अनुसार सन् १९९० को दशकसम्म त्यहाँको जनसंख्या ८ हजार रहेकोमा अहिले घटेर २७ सयमा झरेको छ।

यो अवस्थाबाट चिन्तित मेयर गाउँमा युवा परिवारहरु आएर घरजम गरुन् र जनसंख्या बढोस् भन्ने चाहन्छन्। सित्तैमा पुरस्कार सहित घर किनेर यहाँ आएर बस्ने व्यक्तिले सहरमै व्यवसाय तथा रोजगारी दिनुपर्नेछ र, व्यवसायका लागि सरकारले सहयोग समेत गर्नेछ ।

You need to install the TieLabs Instagram Feed plugin to use this feature.
Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker