खेलकुद

नेयमारको निर्णायक गोलले पीएसजीको जित

काठमाडौं – पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वान फुटबलमा स्ट्रासबर्गमाथि संघर्षपूर्ण जित निकालेको छ ।

शनिबार राति आफ्नै घरेलु मैदानमा भएको खेलमा पीएसजीले स्ट्रासबर्गलाई १–० गोलअन्तरले पराजित गरेको हो । पीएसजीको जितमा नेयमारले निर्णायक गोल गरे ।

पहिलो हाफमा गोलरहित बराबरी खेलेको पीएसजीले खेलको अन्तिम समयमा गोल गर्न सफल भयो । खेलको ९०औं मिनेटमा नेयमारले गोल गर्दै पीएसजीलाई बराबरी हुनबाट जोगाए । खेल अवधिभर आफ्नो पकडमा बल पोजिसन राखे पनि पीएसजीले एक गोल बाहेक थप गोल गर्न भने सकेन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker