
जोनाथन एमोस– वैज्ञानिकहरूले मेक्सिकोको खाडीमा पाइएको १३० मिटरको चट्टानको एक टुक्राको परीक्षण गरिरहेका थिए। चट्टानमा भेटिएको वस्तु परीक्षण गर्दा ६.६ करोड वर्षपहिले ठूलो क्षुद्रग्रह पृथ्वीसँग ठोकिएर जम्न पुगेको पत्ता लाग्यो।
यो एक उल्कापिण्ड थियो, जसका कारण विशालकाय डायनोसर लोप भए।
यस उल्कापिण्डसँग ठोकिएपछि त्यहाँ १ सय किलोमिटर चौडा र ३० किलोमिटर गहिरो खाडल बनेको थियो।
ब्रिटिस र अमेरिकाले अनुसन्धानको एक टिमले उक्त खाडलमा थप खन्नका लागि हप्तौं समय लगाए। यसको अध्ययनपछि डाइनोसरको अन्त्य यही उल्कापिण्डका कारण भएको पुष्टि भयो।
लगभग २ सय किलोमिटर चौडाइ भएको खाडल मेक्सिकोको युकाटन प्रायद्विपमा रहेको छ।
.jpg?w=708&ssl=1)
यसको सबैभन्दा राम्रो संरक्षित क्षेत्र चिकशुलुव बन्दरगाहसँगै रहेको छ। वैज्ञानिकहरूले जुन चट्टानको अध्ययन गरेका थिए, त्यो सेनोजोइक युगको भएको प्रमाण बनेको थियो। जसलाई तत्कालीन समयमा स्तनधारी युगको नामले पनि बुझिन्थ्यो। वैज्ञानिकको अनुसन्धानमा यसरी पत्ता लागेका चट्टानको अलगअलग तत्वहरूको पहिचान गर्न सकिन्छ।
तलबाट हेर्दा २० मिटरभन्दा धेरै काँचदार माटो (जो इटा कुहिएर बनेको) देखिन्छ। जहाँ चट्टानको थिचाइले कडा चट्टान बनेको छ। यही चट्टानमा पानी पर्दा विस्फोटन भएको थियो। समुद्रबाट आएको त्यो पानीका कारण उक्त चट्टान विस्फोटन भएको थियो।
सायद यही समय उल्कापिण्ड खसेर पानी बाहिर गयो, चट्टानहरूमा यस्तो हलचल भयो; जसले ज्वालामुखीझैं देखियो। यो प्रभावका कारण पहिलो एक घन्टामै सबै घटना भएको वैज्ञानिकहरु बताउँछन्। यो चट्टानको अर्को हिस्सा ८० देखि ९० मिटरको दुरीमा त्यस्तो माटोबाट बन्यो जो त्यो समय पानीमा रहेको थियो।

चट्टानको भित्री भागबाट सुनामीको प्रमाण पनि भेटिएको थियो। चट्टानको भित्री भागमा १३० मिटरमा सुनामीको प्रमाण फेलापरेको छ। चट्टानमा जमेका ढिक्काहरू एकै दिशामा रहेका छन्। यसबाट के देखिन्छ भने धेरै शक्तिशाली ऊर्जाका कारण यो घटना भएको हो।
वैज्ञानिकहरुको भनाइ अनुसार यो प्रभावबाट एक ठूलो लहर चल्यो जसको प्रभाव धेरै लामो दुरीसम्म रह्यो।
तर फेरि फर्केर आएको सुनामीको प्रभाव यही चट्टानमा परेको देखिन्थ्यो।
टेक्सासको अस्टिन विश्वविद्यालयका प्रोफेसर एवं अनुसन्धानकर्ता शान गुलिकले यो सबै एक दिनमै भएको बताएका छन्। ‘यो सबै घटना एकै दिनमा भएको देखिने प्रमाणाहरू भेटिएका छन्,’ उनले भने, ‘सुनामी एक तीव्र हवाईजहाजको गतिमा आयो। यो एक स्थानमा पुगेर पुन: आफ्नै गतिमा फर्कियो। यो नै विनाशका लागि पर्याप्त थियो।’

प्रोफ्रेसर गुलिकको टिमले त्यहाँ भेटिएका प्रमाणका आधारमा सुनामी आएको विश्वास गरेको हो। किनकि त्यहाँ चारकोल आकारको चट्टान थिचिएर बनेको देखिन्थ्यो।
वैज्ञानिकहरूको अध्ययनमा रहस्यमय कुरा यो पाइयो कि चट्टानमा कहीँ पनि सल्फर पाइएन। यो आश्चर्यको कुरा थियो। किनकि यहाँ उल्का पिण्ड सल्फर युक्त खनिजले बनेको समुद्र तहसँग टक्कर खाएको हुन सक्ने देखिन्छ।
कुनै कारणले सल्फर बाफ बनेर हावामा उडेको अनुमान गर्न सकिन्छ। यो निष्कर्षले यो सिद्धान्तलाई समर्थन गर्छ कि डायनासोरको पुथ्वीबाट विलय भयो। सल्फर पानीमा मिसिएर र हावामा उड्दा त्यहाँको मौसम निकै चिसो भएको थियो अनुमान गर्न सकिन्छ।
मौसम यत्ति चिसो भएका कारण हरेक जीवहरूको जीवन संकटमा पर्यो।
प्रोफेसर गुलिक भन्छन्, ‘यस प्रक्रियाबाट निस्केको सल्फरको मात्रा अनुमानित ३२५ गिगा टन थियो। यो क्रैकटोआ जस्तो ज्वालामुखीबाट निस्कने मुस्लोभन्दा पनि ठूलो थियो।’

केही स्तनपायी जनावारहरू यस संकटबाट उम्किन पाए तर डायनासोरहरु यसको प्रभाववाट बच्न सकेनन्। १२ किलोमिटर चौडा उल्कापिण्ड, जसले पृथ्वीको क्रस्टमा १ सय किलोमिटर चौडा र ३० किलोमिटर गहिरो खाडल बनायो। यसले २ सय किलोमिटर चौडा र अन्य केही किलोमिटर गहिरो क्रेटर बनाएको थियो।
आज अधिकांश क्रेटर (खाडल) समुद्रमा हराएका छन्। जमिनमा यो लाइमस्टोनले ढाकिएका छन्।
(याे सामग्री बिबिसी हिन्दीबाट भावानुवाद गरिएकाे हाे।)