प्रदेश नं. १समाचार

बिरामी बोकेको जीप अरुण नदीमा खस्दा ६ जना बेपत्ता

विराटनगर – संखुवासभा सदरमुकाम खाँदबारीबाट बिरामी बोकेर धरानतर्फ आउँदै गरेको जीप अरुण नदीमा खस्दा एकै परिवारका ३ सहित ६ जना बेपत्ता भएका छन् ।

को १ ज ३७४९ नम्बरको बोलेर जीप गएराति धर्मदेवी नगरपालिका–८ स्थित अक्करको भीरबाट अरुण नदीमा खस्दा ६ जना बेपत्ता भएका हुन् । जीप संखुवासभा नगरपालिका–९ का संगम श्रेष्ठका ३ वर्षीय बिरामी छोरा लिएर आउँदै धरानतर्फ आउँदै थियो ।

प्रदेश १ ट्राफिक प्रहरी कार्यालय, इटहरीका ट्राफिक प्रहरी निरीक्षक राजेश राईका अनुसार जीपमा सवार संगम राई, उनकी श्रीमती र ३ वर्षीय छोरा बेपत्ता भएका छन् । चालक सन्तोष विकसहित अन्य २ जना बेपत्ता भए पनि उनीहरूको भने परिचय खुल्न नसकेको  राईले जानकारी दिए ।

जीप अरुणमा खसेपछि खाँदबारीबाट तत्कालै पुगेको प्रहरी टोलीले खोजीकार्य गरिरहेको छ । तर उर्लिएको अरुणमा जीप पुरै डुबेकाले उद्धारमा समस्या भएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close