अन्तरर्वार्ता

नैतिक ज्ञान विनाको वैज्ञानिक ज्ञानको कुनै अर्थ हुँदैन: दीपकराज जोशी

[mashshare]

दीपकराज जोशी लामो समय अमेरिका बसेर नेपाल फर्केका प्राज्ञ हुनुहुन्छ । काठमाडौँको सुकेधारास्थिति न्यू मिलेनियम कलेजका म्यानेजिङ डाईरेक्टर जोशी बेला बेलामा शिक्षा तथा राजनीति लगायतका विषयमाथि कलम पनि चलाउने गर्नुहुन्छ ।

यसबाहेक उहाँ वातावरण संरक्षण, वन्यजन्तु संरक्षण, भेगन लगायतका अभियानमा पनि आबध्द हुनुहुन्छ। नेपाली समाजको समग्र विषयमा उहाँको आफ्नै खाले विश्लेषण र चिन्तन रहने गरेको पाईन्छ ।

वर्तमान शिक्षा प्रणालीलाई कुन हदसम्म सार्थक देख्नुभएको छ ?

गरिबी कम गर्ने एउटा प्रमुख औजारको रूपमा शिक्षा रहेको हुन्छ तर नेपालमा शिक्षा नै विकासको बाधक बनेर बसेको छ ।

नेपालको अहिलेको शिक्षा प्रणाली संस्कारयुक्त छैन । शिक्षाले तपाईँलाई point A बाट point B सम्म जान मात्रै मदत गर्छ तर ज्ञानले तपाईँलाई जुनसुकै अवस्थाको लागि तयार पार्छ त्यसैले शिक्षा वा ज्ञान प्रतिस्पर्धाको विषय होईन । प्रतिस्पर्धा भयो भने पनि त्यो रचनात्मक र सिर्जनात्मक प्रकृतिको हुनुपर्छ ।

तर हाम्रो शिक्षा प्रणालीमा यो छैन । हाम्रो शिक्षा प्रणाली भिसामुखी, पैसामुखी र राजनीतिमुखी मात्रै बनेर बसेको छ ।

त्यसैगरी हामीले चारतिरबाट पर्खालले घेरेको कक्षाकोठालाई मात्रै ज्ञान आर्जनको थलोको रूपमा बुभ्mयौँ । यो बुझाई पनि गलत छ । तपाईँ कक्षाकोठा बाहिर पनि ज्ञान हाँसिल गर्न सक्नुहुन्छ, जुन आफैँमा एउटा विशाल कक्षाकोठाको रूपमा रहेको छ ।

तपाईंसंग कस्तो विद्या छ? आफ्ना सन्ततिलाई कस्तो विद्या दिँदै हुनुहुन्छ? आखिर विद्या भनेको के हो त?

हाम्रो धर्मशास्त्रमा विद्यालाई यसरी व्याख्या गरेको छ। “सा विद्या वा विमुक्ते” । विद्या त्यो हो जसबाट हामीलाई मुक्ति प्राप्त हुन्छ । विद्याबाट अमृत अर्थात मोक्ष प्राप्त हुन्छ । विद्याको माध्यमबाट हामी रोग, शोक, द्वेष, पाप, नम्रता, गुलामी, गरीबी, बेरोजगारी, अभाव, अज्ञान, दुर्भाग्य, दुर्व्यवहार, आदिको दासत्वबाट स्वतन्त्रता प्राप्त गर्न सकिन्छ। यस्तो विद्या हासिल गर्ने व्यक्तिहरूलाई विद्वान भनिन्छ।

के हाम्रो समाजमा यस्ता विद्वान छन जसले मुक्ति पाउने विद्या आर्जन गरेको छन ? शिक्षाले केबल डिग्री प्रदान गर्छ। यसले भौतिक उन्नति प्रगति, विकास र ज्ञानसंग सम्बन्ध राख्छ। शिक्षा शारीरिक सुख भोगको लागि हो भने बिद्या आध्यात्मिक प्रगति ईश्वरीय सोच र जीवन उच्च शुद्ध बनाउँने बरी हो । विद्याले जीवनमा धार्मिकता, आधुनिकता, नैतिकता, सदाचार शिष्टाचार आदि को भावना जगाउँछ। विद्याले नै मानिसलाई विद्वान बनाउँछ।

शिक्षा भौतिक फ्रेम हो भने विद्या त्यो भौतिक फ्रेममा प्राण दिन मद्दत गर्छ। शिक्षा जो पढाएर लेखाई हो त्यसमा जब संस्कार, पहिचान, जीवन मूल्य , जीवन दृष्टि जोडिन्छ तब त्यो विद्या हुन्छ। तेसैले हामी काँहा विद्यार्थी होइन शिक्षाथ्री छन् । हाम्रो समाजमा अहिले विद्यालय होइन शिक्षालय छन। भौतिक उन्नति प्रगति, विकास और ज्ञानको सम्बन्ध शिक्षासँग छ। शिक्षा अक्षर ज्ञान, पुस्तकीय ज्ञान, सूचना संग्रह, नम्बर र डिग्रीसम्म सीमित छ ।

विद्याले आत्मिक उन्नति परमात्म-चिन्तन, जीवनलाई श्रेष्ठ एवं पवित्र बनाउनु मद्दत गर्छ । धार्मिकता, आधुनिकता, नैतिकता, सदाचार शिष्टाचारको भावना जाग्रत गराई जिबनलाई खुसि बनाउने साँचो हो । तेसैले भनिन्छ ‘‘विद्वाविहीनः पशुभिः समानः’’ विद्या हीन व्यक्ति पशु समान हुन्छ

शिक्षाको वास्तविक अर्थ के हो ?

शिक्षा भनेको केही सिकेर आपूmलाई पूर्ण बनाउनु हो । शिक्षा कुनै पनि समाजको सामाजिक नियंत्रण, व्यक्तित्व निर्माण तथा आर्थिक प्रगतिसँग जोडिएको हुन्छ । नैतिक ज्ञान विनाको वैज्ञानिक ज्ञानको कुनै अर्थ हुँदैन ।

वास्तवमा नैतिक शिक्षाले नै मानिसलाई असल नागरिक बन्न मद्दत गर्छ।नैतिक शिक्षामा सच्चाई, ईमानदारी, दया, धर्म एवं नैतिक ज्ञान हुन्छ जसले विद्यार्थीको चारित्रिक विकासमा सहयोग गर्छ।

आधुनिक शिक्षाले पैसा कसरी कमाउनेमा भन्ने चिन्तनमा मात्र ध्यान दिएको छ । बिना चरित्रको धनले समाजलाई सहि दिशा दिँदैन ।

नैतिक आचरण, व्यवहार र अनुशासनले मानिसको जीवनलाई सधैँ समाज कल्याण उन्मुख बनाउँदै मानवीय सद्भाव, प्रेम र भातृत्व अभिवृद्धि गराउन नसक्ने शिक्षा प्रणाली हामीलाई आवश्यक छैन।

हाम्रो शिक्षा प्रणालीको गुणस्तर हटाउने कारण के के रहेका छन् ?

हामीसँग पुरानै खाले पाठ्यक्रम छ । यो पाठ्यक्रमले काम चलाउ जनशक्ति मात्रै उत्पादन गर्ने हो ।

त्यसैगरी, विशेष गरी दुर्गम क्षेत्रका सरकारी स्कुललाई ब्यवस्थित गर्न र अनुकुलन र प्रबर्धन गर्न हामी कहाँ आर्थिक स्रोत र साधनको कमी छ ।

आधारभूत आवश्यकताहरू जस्तै ब्यवस्थित शौचालय, कक्षाकोठामा बिजुलीबत्तीदेखि लिएर शिक्षासँग सम्बन्धित आवश्यक पूर्वाधारहरू, कम्प्युटर र अति आवश्यक सुविधाको अभाव छ ।

शैक्षिक गुणस्तर घटाउने अर्को समस्या भनेको शिक्षकहरूले गर्ने तयारीको कमी हो । यद्यपि शिक्षण प्रदर्शनको मूल्यांकन, परीक्षण गरिएपनि अझै पनि समसामयिक ज्ञान र शैक्षिक प्रशिक्षण निश्चित रुपमा अभाव छ ।

शिक्षाको गलत ढाँचा, अभिभावकको महत्वाकांक्षा, अत्यधिक प्रतिस्पर्धाको आक्रामकता र ‘सफलता’को त्रुटिपूर्ण प्रवृत्तिले नेपालका कलिला दिमागलाई नष्ट गर्दैछ। यो नै नेपालको वर्तमान शिक्षाको वास्तविक चित्र हो । एउटा असफल समाजले असक्षमता मात्रै उत्पादन गर्दछ ।

हामीले कस्तो खालको शिक्षा प्रणाली अँगाल्नुपर्ने थियो ? कस्तो खालको शिक्षा प्रणाली अँगालेका छौँ ?

शैक्षिक नीतिको केन्द्रीय उद्देश्यको अध्ययन परिणामहरू बनाउनु हो । शिक्षकहरूको प्रभावकारिता र जिम्मेवारी सुधार गर्नु हो । हामीकहाँ बच्चाहरूलाई उत्साहित गर्ने शिक्षा प्रणाली आवश्यक छ ।

विद्यालयमा समय खर्च गर्नु मात्र पर्याप्त छैन, कौशलहरू सिक्न आवश्यक छ, जसले शिक्षाको गुणस्तरमा सुधार आवश्यक छ।

शिक्षा व्यवसाय हुनु हुँदैन थ्यो त अधिकार हुनुपर्छ । किनकि हामी ज्ञान अर्थव्यवस्थाको युगमा बाँचिरहेका छौं । शिक्षाले सम्पन्नता र समानता सिर्जना गर्दछ । प्रत्येक व्यक्तिलाई आफ्नो जीवनमा चाहिने अध्ययन, ज्ञान र सीपहरू प्राप्त गर्ने अधिकार छ ।

शिक्षाको फाइदा व्यक्ति र समुदाय हर कोहीको लागि निर्विवाद छ । गरीबी हटाउन र देश विकासलाई बढावा दिन शिक्षा एक प्रभावकारी उपाय हो । सफलताका साथ सिक्नको अधिकारको रूपमा बुझ्नुपर्छ, बिद्यार्थीहरू जस्तोसुकै पृष्ठभूमि वा सामाजिक–आर्थिक, साँस्कृतिक वा व्यक्तिगत प्रकृतिको भएपनि शिक्षाको अधिकार भनेको सबै विद्यार्थीहरू बिना भेदभाव सफलताका साथ सिक्न पाउने अधिकारका रूपमा बुझ्नु पर्दछ ।

वर्तमान शिक्षाले विद्यार्थीलाई तनाव दिन्छ । तनावको अधिक भारले उनीहरुको दिमागमा र शरीरमा हानी गर्दछ र गम्भीर रोगहरू जस्तै चिन्ता विकार, डिप्रेसन, उच्च रक्तचाप र किशोर–किशोरीहरूमा मोटोपना निम्त्याउन सक्छ । अझ भन्दा तनावको प्रभावले मस्तिष्कको भागमा रक्त प्रवाह असर, न्यून रक्तचाप पनि हुन सक्छ । यसले मस्तिष्कको विभिन्न भागहरू बीचको “न्यूरोनल कम्युनिकेसन बिग्रिन्छ र यसको परिणाम स्वरूप उनीहरूमा नकारात्मक भावना पैदा हुने, झोक्कीने, रिसाउने, झगडा गर्ने हुनसक्छ ।

हाम्रो वर्तमान शिक्षा प्रणालीमा रहेका समस्या यिनै हुन् ।

स्कूलमा असफल र बिचमै छोड्ने बढ्दो संख्या साथै अथाह युवा बेरोजगारी छ । अन्तर्राष्ट्रिय परीक्षणमा हाम्रो देशको नतिजाहरू हेर्दा हाम्रो शैक्षिक प्रणालीको गहन परिवर्तन आवश्यक छ भन्ने कुरा देखाउँदछ ।

हाम्रो प्रणाली त्रुटिको निन्दा गर्दछ तर यसबाट सिक्ने र अगाडी बढ्ने अवसरको रूपमा यसको उपयोग गर्दैन।

शिक्षाका पेशागत मानिसहरूप्रति प्रशासनको अविश्वास शिक्षा, विधायकीय भवनहरूमा, बोर्डरूमहरूमा हुँदैन बरु कक्षा कोठा र विद्यालयहरूमा हुन्छ र यसमा संलग्न व्यक्तिहरू शिक्षक र विद्यार्थीहरू हुन् र यदि उनीहरूको मापदण्ड हटाइयो भने यसले काम गर्न छाड्दछ । तसर्थ तपाईंले यसलाई विधायकीय भवनहरूमा नभई शैक्षिक समुदायमा फिर्ता दिनुपर्नेछ ।”

हाम्रो शिक्षा प्रणाली विविधतामा अनुकूल छैन, हाम्रा विद्यार्थीहरूको शिक्षण र शिक्षा व्यक्तिगतकरण हुँदैन । अभिभाबक र शिक्षकहरू बीच आपसी अविश्वास छ । हामीले एक वास्तविक गुणस्तरीय शैक्षिक टोलीको गठन गर्न आवश्यक छ ।

सबै तहमा शिक्षाको अत्यधिक राजनीतिकरण छ । हामीले राजनीतिज्ञहरूको नियन्त्रण सीमित गर्नुपर्दछ ताकि शिक्षकहरूले शिक्षा दिन सकुन् र बिद्यार्थीहरुले सहि कुरा सिक्न सकुन जो उनीहरुको सम्भावनाको विकासमा विशेष रूपले केन्द्रित छ । हाम्रा राजनीतिज्ञहरूले आउँदो चुनावको बारेमा भन्दा आउँदो पीढीका बारेमा चिन्ता गर्न सुरु गरौं ।

हालको शिक्षाले रचनात्मकता र जिज्ञासालाई प्रोत्साहित गर्दैन बरु यसलाई नित्साहित र निस्तेज पार्ने काम गर्दछ ।

शिक्षा व्यवस्था र देशको अर्थनीतिबीच कस्तो सम्बन्ध रहेको हुन्छ ?

विकसित देशमा अर्थव्यवस्था बृद्धिको मुख्य इन्जिन शिक्षा हो । एक आधुनिक, प्रजातान्त्रिक र खुला अर्थव्यवस्था तब हुन्छ जब मानवीय पूँजी, लगानी संकलनको प्रक्रियामा शिक्षा मुख्य इञ्जिन हुन्छ ।

भारत र चीनले राम्रो म्यान पावर उत्पादन गर्दछ । उनीहरूले उत्पादन गरेको म्यानपावर विकसित देशमा गएर धेरै पैसा कमाईने कामहरू गर्ने गर्दछन् ।

तर, हाम्रो शिक्षा व्यवस्थाले मजदुर मात्रै बढी मात्रामा उत्पादन गर्दछ त्यसैले नेपालीहरू खाडी जान बाध्य छन् र खाडीमा पनि कम पैसा कमाईने कामहरू गर्न बाध्य छन् ।

शिक्षा ऐतिहासिक रुपमै आर्थिक विकासको मुख्य ईन्जिन बनेको छ । शिक्षामा लगानीको सीधा सम्बन्ध आजको ग्लोबलाइज्ड अर्थव्यवस्थामा आर्थिक बृद्धि र विकाससँग छ । शिक्षाले श्रमशक्तिमा अन्तर्निहित मानवीय पूँजी बढाउन सक्छ, जसले कामको उत्पादकत्व बढाउँछ र उत्पादन सन्तुलनको उच्च स्तरमा कारोबार गर्दछ ।

शिक्षाले अर्थव्यवस्थाको क्षमता बृद्दिमा नयाँ आयाम थप्न सक्छस जहाँ नयाँ ज्ञानले नयाँ प्रविधिहरु, उत्पादनहरू र प्रक्रियाहरूलाई सहज गर्छ अनि आर्थिक बृद्धिलाई बढावा दिन्छ ।

आधारभूत मानव पूँजीको दृष्टिकोण के हो भने शिक्षाले समग्र सीप र कार्यबलको क्षमतामा सुधार ल्याउँछ, जसले अधिक उत्पादन क्षमता र विद्यमान टेक्नोलोजी प्रयोग गर्ने क्षमतामा सुधार ल्याउँछ, र यसरी आर्थिक बृद्धिमा योगदान पु¥याउँछ ।

ज्ञान आधारभूत उपकरण हो जसले मानिसलाई स्वतन्त्र हुन तथा परिस्थितिलाई कसरी व्यवस्थित गर्न सकिन्छ भन्ने क्रममा जीवनको उत्तम मार्ग निर्माण गर्न सक्षम तुल्याउँदछ जुन पहिले, आफ्नै परिवर्तनलाई प्रभावित गर्दछ र अवश्य पनि त्यसपछि सामूहिक राष्ट्रिय वास्तविकतालाई प्रभावित गर्दछ ।

वैदिक बोर्ड कस्तो खालको अवधारणा हो ?

देशको विकास र उन्नति तब हुन्छ जब शिक्षा व्यवस्था सही हुन्छ । जीवनमा सफल हुन असल शिक्षा एक महत्वपूर्ण साधन हो ।

उपनिषदमा मातृ देवो भवः, पितृ देवो भवः, आचार्य देवो भवः, अतिथि देवो भवः भनिएको छ । अर्थात् माता, पिता, गुरु र अतिथि संसारका चार प्रत्यक्ष देवता हुन् । उनीहरूको सेवा गर्नुपर्छ जसमा माताको स्थान पहिलो, पिताको स्थान दोस्रो, गुरुको स्थान तेस्रो र अतिथिको स्थान चौथो हुन्छ ।

वैदिक शिक्षाले विवेकाधिकार र आत्मसंयम, चरित्रमा सुधार, मित्रता या सामाजिक जागरूकता मौलिक व्यक्तित्व र बौद्धिक विकास, पुण्य प्रसार, आध्यात्मिक विकास, ज्ञान र संस्कृतिको संरक्षणतर्फ केंद्रित हुन्छ । SEE बोर्डले यी सबै कुरा दिन सकदैन ।

नेपालको शिक्षाको साँचो अनुहार SEE को प्रश्नपत्र जाँच अगाडी नै बाहिरिनुले प्रस्ट भइ सकेको छ। यो त एउटा सानो नमुना मात्र हो । नक्कली शैक्षिक प्रमाणपत्रबाट शिक्षकको जागिर खानेहरूले शिक्षा दिने यो देशमा गतिलो शिक्षाको के आशा गर्ने ?

कलिला बालबालिकाहरुको दिमाग खराब प्रकारको शिक्षा, आमाबाबुका महत्वाकांक्षा र अनावश्यक प्रतिस्पर्धाहरुले नष्ट गरीरहेको छ। हामी यस्तो प्रणालीमा छौँ जसले रचनात्मकता लाई मृत्युको नजिक पु¥याई रहेको छ ।

यो प्रणालीबाट वास्तविक विजेता कोहि पनि हुने छैनन् । यो बोर्डले हामी सफलताको चक्करमा विफल भई रहेका छौँ । त्यसैले अब BSB ( वैदिक शिक्षा बोेर्ड) को आवश्यकता खट्केको छ ।

जीवनको सादगी, एक कडा अनुशासन र शिक्षकको आदर हाम्रो शिक्षा प्रणाली देखिन छोडेको छ । यी विषय र्वदिक शिक्षासँग जोडिएका सिद्धान्तहरू हुन्। समाजलाई सहि दिशा दिने हो भने अब वैदिक शिक्षाको आवस्यकता छ जसले व्यावहारिक शिक्षा प्रदान गर्नुका साथै व्यक्तित्व विकास, चरित्र निर्माण, नागरिक र सामाजिक उत्तरदायित्व, संस्कृतिको संरक्षणका साथै आत्मज्ञान प्राप्त गर्न मद्दत गर्छ । अहिलेको शैक्षिक प्रणालीमा यो सम्भव छैन् ।

अहिलेको शैक्षिक प्रणालीले अज्ञानीहरु मात्र उत्पादन गरी रहेको छ । हरेक ज्ञान चेतनाबाट उत्पन्न हुन्छ र एक अर्थमा तपाईं सचेत हुनुहुन्छ । चेतनामा आधारित शिक्षाले तपाईंलाई जीवनको अन्तर्निहित पूर्णता जोड्दछ ।

  1. चेतनामा आधारित शिक्षाको चार आधारभूत पक्षहरु :
  2.  अनुभव र चेतनाको अध्ययन
  3.  चेतनाको पूर्ण विकासका लागि ज्ञानबर्धक विषयहरू अध्ययन ।
  4.  चेतनामा आधारित सिद्धान्तहरूको, पाठ्यक्रम र निर्देशन
  5.  तनावमुक्त कार्यतालिका, सुबिधासम्पन्न भवन र सदभावपुर्ण, परिपक्व वातावरण

यो अवधारणा कार्यान्वयनमा ल्याउन आजको दिनमा सम्भव छ कि छैन ?

सम्भव छ तर डलरवादीहरूको दबदबा रहेको हाम्रो समाजमा छुट्टै बोर्ड बनाउन सजिलो भने छैन ।वैदिक बोर्डबाट पास भएका विद्यार्थीहरुले क्भ्भ् का विद्यार्थीहरुलाई सजिलै सबै क्षेत्रमा जित्न सक्छन् । हाम्रो समाज राम्रा मान्छेले लिड गरुन भन्ने उनीहरूले चाहँदैनन् ।

अहिलेका शासकबाट वैदिक बोर्ड सम्भव नहुन् सक्छ तर हामीले सबै क्षेत्रबाट कोशिस ग¥यौँ भने एक दिन यो सम्भव हुनेछ। यदि हाम्रो सभ्यता, संस्कृति र पहिचान जोगाउनु छ, चरित्रवान्, शिक्षित नागरिक बनाएर समाजको विकास गर्नुछ भने वैदिक बोर्डको ठूलो महत्व छ ।

हालको शिक्षा प्रणालीले यो काम गर्न सक्दैन ?

हालको शिक्षा प्रणाली शिक्षा भित्र अन्तर्निहित रहेका समस्याहरुलाई सम्बोधन गर्न सक्षम छैन, यो त केवल लक्षणहरू नियन्त्रण गरिरहेको छ ।

“सम्प्रेसण“ शब्दले एकतर्फी प्रक्रियालाई बुझाउँदछ, तर शिक्षकले विद्यार्थीको टाउकोमा ज्ञान र सीप जबरजस्ती थुपार्न सक्दैनन् । यसका लागि शिक्षकले वातावरण सृजना गर्नुपर्छ जहाँ विद्यार्थीहरूले ज्ञान लिन र आत्मसाथ गर्न सकुन् ।

शिक्षा भनेको ज्ञान र सीपको सम्प्रेसण मात्रै हैन । हामीले हाम्रा विद्यार्थीहरूमा निम्न पक्षहरूको विकास गर्नैपर्छ

पहिचानमुलक स्वतन्त्रता जसले सक्रिय र स्वतन्त्र गठन प्रक्रिया मान्न र सिक्ने क्षमता विकास गर्न अनुमति दिन्छ ।

समस्या समाधानको प्रक्रिया मार्फत वैज्ञानिक शैली र तार्किक सोचको प्रकारहरूको अमूर्तता र तर्कको तहमा विश्लेषण गर्ने प्रक्रिया,

एक ब्यावसायिक सैद्धान्तिक, व्यावहारिक, वैज्ञानिक, प्राविधिक, सामाजिक, मानवीय र सांस्कृतिक प्रशिक्षण, एक ब्यावसायिक स्वभाव, जसले रचनात्मक, स्वतन्त्र, वैज्ञानिक र आर्थिक कार्यलाई अनुमति दिन्छ ।

प्राथमिक र माध्यमिक तहमा विद्यार्थीहरू भर्ना भएको स्कूलको प्रदर्शन, समकालीन समाजमा शिक्षा प्रणालीको लागि उचित रूपमा काम गर्न निकै अपर्याप्त छ । उदाहरणका लागि मूल्यांकन प्रशिक्षण, नागरिक व्यवहार, उत्पादकता, अन्तर्जात सामाजिक गतिशीलता, आदि ।

शिक्षाको लागि पहुँच, स्थायित्व अवसरहरूको असमान वितरण र जुन निस्सन्देह कारक हो यसले स्कूल प्रणालीको खराब प्रभावकारितामा सीधा प्रभाव पर्दछ ।

समसामयिक समाजमा उचित रूपमा कार्यहरू गर्नका लागि शिक्षाको असमर्थताले प्रणालीमा पहुँचका लागि अवसरहरूको असमान वितरण, यसमा सम्बन्धित पाठ्यक्रममा उपलब्ध गराइएको शिक्षाको स्तरहरू प्राप्त गर्न।

हाम्रो शैक्षिक प्रणालीको एक मुख्य समस्या यो छ कि सबै नागरिकहरुलाई शिक्षाको ग्यारेन्टी छैन । यही कारणले त्यहाँ त्यस्ता समुदायहरू छन् जहाँ जीवन भर आधारभूत शिक्षा प्राप्त हुदैन, आधारभूत मानव अधिकार, र न्युनतम प्रमाणपत्र पनि प्राप्त गर्दैन ।

शैक्षिक बाताबरण अभावको सबैभन्दा सामान्य कारकहरू सामाजिक र आर्थिक पाटोसँग सम्बन्धित छन् ।

धेरै दुर्गम समुदायहरू छन्, प्रायः आदिवासीहरू, जससँग नजिक शैक्षिक विकल्पहरू छैनन्, त्यसैले दैनिक आधारमा अन्य समुदायमा आफूलाई ढुवानी गर्ने अवसर पाउनेहरू मात्र औपचारिक शिक्षा पाउँछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker