गीत संगीत

गायक मनिष ढकालले लिएर आए बटौलिको कथा

[mashshare]

काठमाडौं- परदेशी नभन ” ,”  तिलहरी ”  लगायत अन्य थुप्रै चर्चित र पृथक गीत संगीत सोर्ता दर्शक माझ प्रस्तुत गरिसकेका प्रतिभाशाली गायक मनिष ढकाल ले आफ्नो बिल्कुलै नयाँ गीत ” बटौली ”  लिएर आएका छन ।
बटौली अर्थात बुटवल, तिनाँउ किनारको एउटा गाउँको कथा जसमा बालविवाह देखि १४ वर्ष पश्चात पुनर्मिलनको कथालाई समेटेर यो  गीत र भिडियो निर्माण भएको हो । अर्ग्यानिक टेस्टको यस गीतमा स्वर मनिष ढकालको रहेको छ भने गीतका शब्द हर्क साउदले लेखेका हुन । गीतमा संगीत एस. डी योगीको रहेको छ । गीतको संगीत संयोजन भने रिकेश गुरुङले गरेका हुन ।

सिनेमेट्रोग्राफिक एफेक्टहरु केहि पनि नहालीकन बनाइएको यो भिडियोमा बिपिन कार्की , अनु काफ्ले , सुमन मगर , मनांग लावती , मनिष ढकाल , हर्क साउद , साजन सुबेदी र अन्य कलाकारको जिवन्त अभिनय देख्न सकिन्छ ।

नेपाली गाँउघरका जीवनशैलीलाई टपक्क टिपेर गीतमा कथा बनाएर ढाल्न खप्पीस नविन चौहानको निर्देशनमा बनेको यस गीतको भिडियोमा यस्ता केहि कुरा छ जुन अधिकांश नेपाली गीतका भिडियोहरुमा देख्न पाइदैन । बबिन दुलालले छायांकन गरेको भिडियोलाई सुनिल पौडेलले सम्पादन गरेका हुन । आर्टमाण्डु नेपालले निर्माण गरेको भिडियोलाई दर्शकको सकारात्मक प्रतिक्रिया प्राप्त भैरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker