प्रदेशप्रदेश नं. ३
[mashshare]
हेटौंडामा बिहानै भेटियो प्रेसर कुकुर बम

हेटौंडा । संविधान दिवसको बिहानै हेटौंडाको बुद्ध चोकमा प्रेसर कुकर बम भेटिएको छ।
हेटौंडाको बुद्ध चोकमा रहेको हामो मनि ट्रान्सफर नजिक प्रेसर कुकर बम भेटिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक यज्ञप्रसाद भट्टराईले जानकारी दिनुभयो ।
संविधान विरोधी केही समुहले आतंक सिर्जना गराउन बम राखिएको हुनसक्ने उहाँले बताउनुभयो । नेपाली सेनाको बम डिस्पोजल टोली आइसकेको र डिस्पोजको तयारी भइरहेको प्रहरी नायब उपरीक्षक भट्टराईले जानकारी दिनुभयो ।