१९ कलाकारलाई जनसेवा श्री पदकबाट सम्मानित गरिदै

काठमाडौँ – राष्ट्रिय जीवनका कुनैपनि क्षेत्रमा प्रशंसनीय काम गर्ने नेपाली नागरिक वा नेपालको हितमा विशेष योगदान पुर्याउने विदेशी नागरिकलाई जनसेवाश्री मानपदवी दिने गरिन्छ ।
यो बर्षको विभिन्न कलाकार समेतलाई प्रदान गर्न लागिएको छ । अवार्ड पाऊनेमा हास्य ब्यंग्य जगतका नायक मनोज गजुरेल, चलचित्र निर्देशक एंव रेडियो कान्तिपुरका स्टेशन म्यानेजर दिनेश डिसी, नायक निखिल ऊप्रेती, नायीका श्वेता खड्का, वरिष्ठ कलाकार वसुंधरा भुशाल, भुवन चन्द, शुरेश अधिकारी, स्व खुशीराम पाख्रिङ, नारायण देवी प्रधान, एक नारायण भण्डारी आदि रहेका छन् ।
नेपाल सरकारको नियम बमोजिम पॉच प्रकारका जनसेवा श्री पदक हुने गर्दछन् ।
(क) प्रथम श्रेणी – सुप्रसिद्ध प्रबल जनसेवा श्री ।
(ख) द्वितीय श्रेणी – प्रसिद्ध प्रबल जनसेवा श्री ।
(ग) तृतीय श्रेणी – सुप्रबल जनसेवा श्री ।
(घ) चतुर्थ श्रेणी – प्रबल जनसेवा श्री ।
(ङ) पञ्चम श्रेणी – जनसेवा श्री ।
यसमध्ये अधिकॉस कलाकार क्षेत्रका ब्यक्तित्वले तृतीय र चतुर्थ श्रेणीको प्राप्त गरेका छन्
कस्तो हुन्छ प्रवल जनसेवा श्री मानपदवी ? यस मानपदवीको प्रतीक समूहमा मण्डन र पट्टिका हुनेछन् ।
(क) मण्डन : यो मण्डनको अग्रभाग अष्टकोणयुक्त हुनेछ । यसको व्यास ७ सेन्टिमिटर को हुनेछ । चारवटा कोणहरुमा सात–सातवटा चाँदीका किरणहरु हुनेछन् । चारवटा कोणहरुमा तीन–तीनवटा चारपाटे चाँदीका किरणहरु हुनेछन् । किरणहरुको मध्यभागमा ३.६ सेन्टिमिटर व्यास भएको बाहिरी वृत्त र २.४ सेन्टिमिटर व्यास भएको भित्री वृत्त हुनेछन् । बाहिरी वृत्तभित्र रातो मिनामा वृत्तको माथिल्लो भागमा यस मानपदवीको आदर्श वाक्य “सेवा नै परम धर्म” र तल्लो भागमा यस मानपदवीको नाम “जनसेवाश्री” लेखिएको हुनेछ । मध्यभागमा सुनको पृष्ठभूमिमा सुनबाट बनेको नेपालको नक्सा र राष्ट्रिय झण्डा अंकित हुनेछ । यो मण्डन पट्टिकाको साथमा लगाइनेछ ।
(ख) पट्टिका : पट्टिका : पट्टिका : रेशमले बनेको यो पट्टिकाको चौडाई ३.८ सेन्टिमिटर हुनेछ । बीचमा पहेलो, पहेलोको दायाँबायाँ रातो र रातोको दायाँबायाँ सेतो धर्काहरु र दुवै किनारामा निलो धर्काहरु हुनेछन् ।
जनसेवा श्री तेस्रो र चौथो पाऊने कलाकारिता क्षेत्रका प्रतिनिधिहरू
- भुवन चन्द
- बसुन्धरा भुसाल
- मनोज गजुरेल
- भैरव बि थापा
- नारायण देवी प्रधान
- दिनेश डिसि
- निखिल उप्रेती
- बद्रि पंगेनी
- धिरज राई
- जसमाया गुरुङ
- टंक आचार्य
- नारायण ओली
- स्वेता खड्का
- राम कृष्ण दुवाल
- चेत नारायण राई
- सुरेश अधिकारी
- एकनारायण भण्डारी
- धर्मराज गुरुङ
- शान्तिराम राई