पत्रपत्रिकासमाचार

वाइडबडी रित्तै जापान जान्छ, रित्तै आउँछ

काठमाडौं – आजको अन्नपूर्ण पोष्टमा नेपालको राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सको दुःखलाग्दो समाचार छ । नेपाल एयरलाइन्स सीधै जापान उड्न थालेको कुरा सुन्दा गर्व लागे पनि यसको व्यापारिक हालत भने पीडादायी छ । अन्नपूर्ण लेख्छ, ‘वाइडबडी विमान रित्तैजस्तै जान्छ, रित्तैजस्तै आउँछ । अगष्ट २९ यता काठमाडौं–ओसाका–काठमाडौं १५ उडान भए औसत यात्रु संख्या भने सिट क्षमताको १९ प्रतिशत मात्र छ । २७६ सिट क्षमताको वाइडबडी अगष्ट १ मा त काठमाडौंबाट १८ जना बोकेर उड्यो ।’

समाचारमा वाइडबडीले कहिले कति यात्रु बोक्यो भनेर तालिका नै राखिएको छ । तालिका हेर्दा काठमाडौं–ओसाका उडानको तुलनामा ओसाकाबाट काठमाडौं फर्किँदा यात्रुहरुको संख्या केही धेरै देखिन्छ । अगष्ट ३१ मा काठमाडौंबाट १८ यात्रु बोकेर ओसाका गएको वाइडबडीले ओसाकाबाट काठमाडौं आउँदा ६० यात्रु बोकेको तालिकामा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker