पत्रपत्रिकासमाचार

किताब नै नबोकी विद्यालय जान्छन् विद्यार्थी

काठमाडौं- लमजुङको बेंसीसहर नगरपालिका–९ को जनज्योति माविका विद्यार्थी पुस्तक विनै विद्यालय जाने गरेका हुन् । पुस्तक नभएर विद्यार्थी यसरी विद्यालय जाने गरेको धेरैलाई लाग्न सक्छ । कान्तिपुरका अनुसार, जनज्योति माविका कक्षा १ देखि १० सम्मका १ सय ६० विद्यार्थीलाई घरबाट विद्यालय टाढा भएकाले दुई सेट किताब व्यवस्था गरिएको छ ।

उनीहरूले घरबाट स्कुल जाँदा र फर्किंदा किताब बोक्दैनन् । उनीहरू हरेकसँग विद्यालय र घरमा गरी २ सेट किताब छ । कक्षाकोठामा राखिएको किताब विद्यालयले नै व्यवस्था गरिदिएको हो । घरमा राखिएको किताब सरकारले दिएको अनुदानबाट खरिद गरिएको हो । विद्यार्थीहरू गृहकार्यका लागि केही कापीबाहेक कलमसमेत बोक्दैनन् । आजको कान्तिपुरले पुस्तक नै नबोकी विद्यालय जाने विद्यार्थीबारे पहिलो पृष्ठमा समाचार छापेको छ ।

You need to install the TieLabs Instagram Feed plugin to use this feature.
Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker