समाचारसमाज

खुल्यो दशैको अग्रिम टिकट बुकिङ

काठमाडौं – आजदेखि दसै तिहार र छठ पर्वकाका लागि अग्रीम टिकट बुकिङ्ग खुल्ला गरिएको छ ।यात्रुहरुले काठमाण्डौको नयाँ बसपार्क , सुन्धारा, पुरानो बसपार्क , कलंकी , गौशाला कोटेश्वर लगायत स्थानबाट अग्रीम टिकट बुकिङ्ग गर्न सक्ने यातायात ब्यवसायी राष्ट्रिय महासंघले जनाएको छ। महासंघका अनुसार बिहान ५ बजेदेखि बेलुकी ५ बजेसम्म अग्रीम टिकट खुल्ला गरिने छ ।

टिकट लिने भिडमा ठगिने तथा समस्यामा पर्न सकिने भएकाले काउन्टरबाटै टिकट लिन महासंघले अनुरोध समेत गरेको छ । यसपटक यात्रुहरुको सुविधा , सुरक्षा र बस छुट्ने समयमा बढी प्राथमिकता दिएको जनाएको छ ।टिकट नलिएको यात्रुलाई चढ्न नदिने , बसमा शंकास्पद बस्तु भेटिए प्रहरीलाई बुझाइने , क्षमताभन्दा बढी यात्रु नचढाउने महासंघले जनाएको छ ।दसैमा काठमाडौंबाट विभिन्न जिल्ला जाने यात्रुको अत्यधिक चाप हुने भएकाले यातायात ब्यवसायीले अग्रीम टिकट बुकिङ खुलाउदै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker