
काठमाडौं -प्रेस काउन्सिल नेपालले आफ्नो वार्षिकोत्सवका अवसरमा प्रत्येक वर्ष पत्रकारिता क्षेत्रका विभिन्न विधाका व्यक्तिहरूलाई पुरस्कार प्रदान गर्दैआएको छ । आफ्नो ५० औँ वार्षिकोत्सव (स्वर्णजयन्ती) को अवसरमा यही असोज ६ गते आयोजित विशेष समारोहमा काउन्सिलले प्रेस काउन्सिल गोपालदास पत्रकारिता पुरस्कार गोविन्दबहादुर थापा लाई रु.१ लाख ५१ हजार तथा पत्रकारिताको क्षेत्रमा लामो समय योगदान पुर्याएका ब्यक्तिहरुलाइ पुरस्कार प्रदान गर्ने निर्णय गरेको प्रेस काउन्सिल द्वार जारि बिज्ञप्तिमा उल्लेख गरिएकोछ ।
