गीत संगीत

तिन दाजुभाईको दशैँतिहार गीत सार्वजनिक [भिडियो ]

काठमाडौं। – नेपालीहरुको महान पर्बहरु दशैँ , तिहार नजिकिएसंगै  दशैँतिहार सम्बन्धि  धेरै गीतहरु सार्वजनिक भैरहेका छन  यसैमा  गायक टिका मगरको चाड पर्ब बिशेष गीत  ‘दशैँ आयो तिहार आयो’ सार्वजनिक भएको छ शुक्रबार हाइलाइट्स नेपालबाट सार्वजनिक गीतमा उनका आफनै दाइहरु निर्मल मगरको शब्द र मोहन मगरको संगीत रहेको छ भने रोशन बान्तवाको संगीत संयोजन रहेको छ । गोपाल ,सागर ,रकी ,प्रविन लगायतका साथीहरुको अभिनयर हेको भिडियोलाइ निर्देशन मोहन मगरले नै गरेका हुन । दिपक गिरीको क्यामेरा  र  निशान एस के को सम्पादन रहेको भिडियोलाई एम आर क्रियशनले निर्माण गरेको हो  ।

 गायक मगरका अरु पनि गीतहरु रेकर्ड हुदै गरेको र अब केहि समय पछि अन्य गीतहरु भिडियो निर्माण गरिने गायकका दाई संगीतकार मोहन मगर जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close