पत्रपत्रिकासमाचार

‘प्रधानमन्त्रीले कार्यकर्तालाई बाँढे २६ करोड’

काठमडौं – आजको कारोबारले ‘प्रधानमन्त्रीले बाँडे २६ करोड’ शीर्षक दिएर मुख्य समाचार बनाएको छ । समाचार अनुसार, प्रधानमन्त्री केपी शर्मा ओलीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय सम्हालेका बेला २६ करोड ३५ लाख रुपैयाँ बाँडेका छन् । मन्त्रालयअन्तर्गतको संस्कृति, प्रवर्धन कार्यक्रम शीर्षकमा प्रधानमन्त्रीले यसरी रकम वितरण गरेका हुन् ।

तत्कालिन मन्त्री रवीन्द्र भट्टराईको फागुन दोस्रो साता निधन भएसँगै ओलीले पर्यटन मन्त्रालय सम्हालेका थिए। मन्त्रालयमा राज्यमन्त्री रहे पनि उनलाई अधिकार प्रत्यायोजन गरिएको थिएन्।गत साउन १५ मा योगेश भट्टराई मन्त्री भएसँगै प्रधानमन्त्रीले यो मन्त्रालय छाडेका थिए।

मन्त्रालयले गत आवमा ५२ संस्था र प्रतिष्ठानलाई पुँजीगत अनुदान उपलब्ध गराउने शीर्षकमा २६ करोड ३५ लाख रुपैयाँ विगतरण गरेको हो। विभिन्न राजनेता, पार्टीका नेताको नाममा खुलेका तथा साहित्यकार र कलाकारका नाममा खुलेका संस्था र प्रतिष्ठानलाई यो रकम वितरण गरिएको हो।

सबैभन्दा बढी अनुदान पाउनेमा मदन भण्डारी स्मृति प्रतिष्ठान र मदन भण्डारी स्मृति फाउन्डेसन छन्। मोरङमा रहेको प्रतिष्ठानले पाँच र काठमाडौँमा रहेको फाउन्डेसनले चार करोड २५ लाख पाएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker