समाजसुदुर पश्चिम

बझाङको बुङ्गलमा अनाथ बालगृह संचालनमा

बझाङ – बझाङको बुङ्गलमा नगरपालिकाको आयोजनमा निर्मित अनाथ बालगृह संचालनमा आएको छ । उक्त बालगृहको पुर्व खेलकुद तथा युवा राज्य मन्त्री नरेस बहादुर सिंहद्धारा उद्घाटन गरीएको छ ।

नगरपालीकाको आर्थिक वर्ष २०७४/ ७५ को १६ लाख विनीयोजीत बजेटबाट निर्मीत बालगृहको गत भाद्र २८ गते पुर्व राज्य मन्त्री द्धारा उद्घाटन गरी हाल संचालनमा ल्याइएको छ । “शिक्षा,स्वास्थ्य गाँस,बास र कपास जस्ता मान्छेका आधारभुत आवश्यकताबाट कोही बंचित नहोस भनी आफुले अनाथालयको निमार्ण गरेको बुङगल नगरपालीकाका नगर प्रमुख धन बहादुर बिष्टले बताए । उहाँका अनुसार बर्तमान समयमा संसारको कोल्टो फेर्ने शिक्षा ,विकासका लागी अपरीहार्य भएकाले हामिले देश विकासका लगी शिक्षा अति आवश्यक रहेको भन्दै अहिलेको कम्पुटरको युगमा पनि हामि किताबको कालो अक्षरबाट समेतबंचित हुने अबस्था सिर्जना नहोस भन्दै अनाथा बालबालिकाको लागी अनाथलय निमार्ण गरीएको बताएका छन् । ,,शिक्षा दिप जोती ,, भनेजस्तै शिक्षालेनै संसार अज्यालो छ ,बालबालिका देशको भविष्यका खम्बा हुन् 

उनी हरुलाई  शिक्षा ,स्वास्थ्य,जस्ता आधारभुत आवश्यकताबाट बंचित गर्नु हुदैन | बालबालिकाको भविष्य अन्धकार भए देशको भविष्य पनि अन्धकारनै रहने गर्दछ तसर्थ बालबालिकालाई शिक्षाको पहुचमा राख्न आफुले सो कदम चालेको प्रमुख बिष्टले बताए ।

शिक्षा सर्बशुलभ गराउने चाहना बमोजिम आफुले पहिलो काम गरेको र सोही कार्यक्रमा प्रमुख अथिती तथा पुर्व राज्य मन्त्री नरेस बहादुर सिंहले कार्यक्रममा बोल्दै अपाँग ,असक्त, आमा बाबा नभएका र टुहुरा, बाल बच्चाको पनि शिक्षा ग्रहण गर्ने अधीकार भएपनी  पारीवारीक दृष्टिले कम्जोर अबस्था भएका घरपरीवारका बाल्बच्चाले  शिक्षा स्वास्थेबाट बंचित भईरहेको अबस्थामा अनाथालयको निमार्ण गरी सबैलाई शिक्षको पहुचमा पुर्याएउनु खुसिको कुरा र बुङगल नगरपालीकाका नगर  प्रमुखको अति स्रहानीय काम रहेको पुर्व मन्त्री सिंहको भनाई रहेको छ । 

उक्त निर्मीत पक्की भवनमा चारकोठा ,एक चर्पी रहेकोछ हाल उक्त अनाथालयमा तिनजना कामदार र दश जना बालबालीका रहेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker