हेडलाईन

नागढुंगा–नौबिसे सुरुङ मार्गको ४२ महिनामा काम सक्ने सम्झौता

काठमाडौं- लामो समय देखि चर्चा परिचर्चामा मात्र सिमित रहेको नेपालकै पहिलो सुरुङ मार्ग नागढुंगा–नौबिसेको सुरुङ मार्ग निर्माणको लागि सम्झौता भएको छ ।

नेपाली जनाताले ठुलो आशाका साथ हेरिएको यो सुरुङमार्ग सडक विभाग र जापानको हाज्मा आन्द्रो जेभीबीच २ दशमलव ६ किलोमिटर लामो सुरुङ बनाउन सोमबार सम्झौता भएको छ । सम्झौतामा सडक विभागअन्तर्गतको विकास सहायता समन्वय महाशाखाका उपमहानिर्देशक अर्जुनजङ्ग थापा र  हाज्मा–आन्द्रो जेभीका प्रतिनिधिले हस्ताक्षर गरेका छन् ।

यो आयोजना बनाउन भएको सम्झौतामा ४२ महिनामा सुरुङ मार्गको काम सक्ने उल्लेख छ । सुरुङ मार्गका लागि जापान अन्तर्राष्ट्रिय सहयोग नियोग जाइकासँग १६ अर्ब रुपैयाँको सहुलित कर्जा लिने सम्झौता पनि भईसकेको छ ।

सम्झौता अनुसार कम्पनीले नोभेम्बर महिनादेखि काम थाल्ने जनाईएको छ । आयोजनाको लागि धादिङका केही स्थानमा जग्गा अधिग्रहणमा समस्या देखिए पनि कम्पनीले काठमाण्डौैतर्फबाट काम सुरु गर्ने र जग्गाको समस्या आफूहरुले समाधान गर्दै जाने थापाले जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker