समाचारसमाज

कावासोतीमा कार र ट्रक ठोक्किँदा चालक सहित ५ जनाको मृत्यु, १५ घाइते

कावासोती – पूर्व- पश्चिम राजमार्गअन्तर्गत नवलपुरको कावासोती नगरपालिका-८ मा ट्रक र कार ठोक्किँदा पाँच जनाको मृत्यु भएको छ ।

लु १ ख ८५३२ नम्बरको ट्रक र बा २१ च ६४०९ नम्बरको कार खरकट्टा जंगल क्षेत्रमा गएराति ठोक्किँदा कारमा सवार व्यक्तिहरुको मृत्यु भएको हो । मृत्यु हुने सबै पुरुष छन् ।

जिल्ला प्रहरी कार्यालय कावासोतीका प्रहरी निरीक्षक राजेन्द्र अधिकारीका अनुसार कार दुर्घटनामा मृत्यु हुनेमा नवलपरासी देबचुली नगरपालिका केउरेनीका ३५ वर्षका पूर्णबहादुर बिक, दिलबहादुर ढेंगा मगर र कैलाली धनगढीका सुरज रानामगर छन्। अन्य २ जनाको सनाखत भएको छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker