अन्तर्राष्ट्रिय

पाकिस्तान लाई केन्द्र बनाएर गयो शक्तिशाली भूकम्प मुख्य सडकहरु क्षतबिक्षत(फोटो फिचर )

एजेन्सी | भारत- पाकिस्तान सीमानजिकै मंगलबार ६.३ म्याग्नेच्युडको भूकम्प आएको छ   भारतीय सञ्चारमाध्यमहरूले जनाएअनुसार स्थानीय समयअनुसार मंगलबार अपरान्ह ४:३५बजे लाहौरबाट १८३ किलोमिटर उत्तरपूर्वको जाटलानमा केन्द्रविन्दु बनाएर भूकम्प आएको हो |

भूकम्पको धक्का भारतको राजधानी नयाँदिल्लीसम्मै महशुस गरिएको छ । भूकम्प आएपछि दिल्लीका मानिसहरू घर छोडेर बाहिर निस्किएका छन् । भूकम्पको धेरै प्रभाव जम्मु कस्मिरमा परेको बताइएको छ । 

हरियाणा, उत्तर प्रदेश, पञ्जाब, चण्डीगढलगायत क्षेत्रमा पनि भूकम्पको धक्का महशुस गरिएको छ । पाकिस्तानमा भने सडक क्षेतविक्षेत भएको फोटो ट्विटरमा अपलोड गरिएको छ । अन्य बिबरण आउन बाँकी रहेको छ ।

यो पनि पढ्नुहोस् ;

पाकिस्तानको शक्तिशालि भुकम्पमा परि ५ को मृत्यु ५० घाईते

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker