मुख्य समाचार

अख्तियार द्वारा डीडीसीका १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुग्ध विकास संस्थान (डीडीसी)का तत्कालिन महाप्रबन्धकसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले तत्कालीन महाप्रबन्धक गंगा तिम्सिना, तत्कालिन निमित्त उपमहाप्रबन्धक डा. ईश्वरीप्रसाद अधिकारी, दुग्ध वितरण आयोजना बालामजुका तत्कालिन आयोजना प्रमुख राजगोविन्द राजकर्णिकार, तत्कालिन सहायक प्रबन्धक माधवप्रसाद ओझा, तत्कालिन वरिष्ठ लेखा अधिकृत राजनजंग थापा र तत्कालिन प्रशासकीय अधिकृत हाल दुग्ध विकास संस्थानका प्रशासन व्यवस्थापन विभाथका निमित्त प्रमुख दीपक सुवेदीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

काठमाडौं उपत्यकामा दुग्ध पदार्थ वितरणका लागि दुई कम्पनीलाईृ टेण्डर नगरी पुन सम्झौता गरी डीडीसीलाई ठूलो आर्थिक नोक्शानी पुर्‍याएको भन्दै अख्तियारले विशेष अदालतमा आरोपपत्र दायर गरेको हो ।

गोकुल निर्माण सेवा र प्रभु आदित्य बिजनेस प्रालिसँगको मिलेमतोमा टेण्डर नगरी आफुखुशी ५ प्रतिशत मूल्यवृद्धि गर्ने निर्णय गरी अस्वाभाविक बढी भुक्तानी दिएको देखिएको अख्तियारले जनाएको छ ।

त्यस्तै दूध वितरण गोकुल निर्माण सेवाका सञ्चालक गोकुल फुयाल र प्रभु आदित्य विजनेस प्रालिका फणीन्द्रप्रसाद दाहाल, दीपबहादुर खड्का र तत्कालीन सञ्चालक सतिसकुमार गिरीविरुद्ध पनि मुद्दा दायर गरेको छ । अख्तियारले कर्मचारीविरुद्ध ४६ लाख ७९ हजार १ सय ८२ र वितरक गोकुल फुयालविरुद्ध २२ लाख १९ हजार र प्रभु आदित्य विजनेस प्रालिका ३ जनाविरुद्ध जनही २४ लाख ५९ हजार रुपैयाँ विगो दावी गरेको छ ।

प्रशासन व्यवस्थापन विभाग र आर्थिक व्यवस्थापन विभागसमेतको सिफारिस राय विपरीत २०६९ असोज २२ गतेको सम्झौतामा प्रतिलिटर ढुवानी मूल्यमा ५ प्रतिशत मूल्यवृद्धि गर्ने निर्णय गरी दुग्ध विकास संस्थानलाई हानि नोक्शानी पुर्याएको पुष्टि हुन आएको अख्तियारको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker