मनाेरञ्जन

बलिउड सुपरस्टार सलमान खानलाई ज्यान मार्ने धम्कि

[mashshare]

एजेन्सि- सोसियल मिडियामा सलमान खानलाई ज्यान मार्ने धम्कि आएको छ । बिग बोस सीजन १३ सुरु हुनुभन्दा अघि बलिउड सुपरस्टार सलमान खानलाई सोसल मीडियामा ज्यान मार्ने धम्की आएको हो ।

सन् १९९८ मा कालो हरिण शिकार सम्बन्धी मुद्दामा सलमान खान आरोपी हुन् र हालै उनलाई फेरि ज्यान मार्ने धम्की दिइएको छ । यो धम्की सलमानलाई (Student Organisation of Punjab University) नाम गरेको समूहमा दिइएको छ। यो धम्की ग्यारी शूटर भन्ने आईडी बाट दिइएको हो।


पोष्ट गरिएको स्टाटसमा सलमान खानको एक लोकप्रिय तस्विर छ जसलाई रातो रंगको क्रस गरिएको छ। प्रयोगकर्ताले पोस्टमा लेखेको छ, “सलमान सोच्नुहोस्, तपाई भारतको कानूनबाट उम्कन सक्नुहुन्छ, तर बिश्नोई समाज र सोपु पार्टीको कानूनले तपाईंलाई मृत्युदण्ड सुनाएको छ। सोपु अदालतमा तपाई दोषी हुनुहुन्छ।” यो कुरा थाहा छ कि कालो हरिण शिकार केसमा सलमान खान सेप्टेम्बर २७ मा जोधपुर अदालतमा हाजिर हुनु पर्ने छ। अदालतले भनेका छ कि यदि उनी अदालतमा उपस्थित भएन भने उनको जमानत खारेज हुनेछ।

धम्की गरिएको पोष्टमा सलमान खानको लोकप्रिय तस्बिर सेयर गरिएको छ जुन तल तश्विर हेर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker