मनाेरञ्जन

तेलुगु हास्य कलाकार बेणु माधवको ३९ वर्षको उमेरमा निधन

एजेन्सि – तेलुगु हास्य कलाकार बेणु माधवको ३९ वर्षको उमेरमा निधन भएको छ। उनको हैदराबादको अस्पतालमा उपचार भइरहेको थियो। उनलाई कलेजो र मिर्गौलाको रोग थियो। उनको स्वास्थ्य अवस्था बिग्रिएपछि, उनलाई मंगलबार अस्पतालमा भर्ना गरिको थियो। तेलुगु देशम पार्टीका प्रमुख र आन्ध्र प्रदेशका पूर्व मुख्यमंत्री चन्द्रबाबू नायडूले ट्वीट गरी उनको मृत्युमा शोक व्यक्त गरेका छन्। उनको अन्त्येष्टि सम्बन्धी जानकारी अझै खुलाइएको छैन।

भर्खरै, मिडिया परामर्शदाता वम्शी काकाले ट्वीट गर्दै भने- अभिनेता वेणु माधव अब हामीसँग छैनन्। डाक्टरका अनुसार वेणुले बुधबार दिउँसो १२:२० बजे अन्तिम सास लिए। बेणु माधवको आकस्मिक निधनको खबरले सम्पूर्ण तेलगु चलचित्र क्षेत्रमा शोकको लहर सुरु गरेको छ। बेणुका फ्यानहरूले उनलाई सोशल मीडियामा श्रद्धांजलि दिइरहेका छन्।

तमिल र तेलुगुमा गरि करिब २०० फिल्महरूमा अभिनय गरेका बेणुको जन्म आन्ध्र प्रदेशको नलगोंडा जिल्लाको कोडाडमा भएको थियो। उनि हाल तेलंगनाको सूर्यपेट जिल्लामा बस्दै आएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker