यस्तो हुने छ आगामी तीन दिनको मौसम

काठमाडौं – मनसुन सक्रिय रहेका कारण यस बर्षको दशैँ खासै रमाइलो नहुने मौसम बिदको भनाई रहेको छ । मनसुन बाहिरिन अझै एक साता बढी लाग्ने भएकाले दशैंको सुरुवाती दिनमा वर्षा हुने सम्भावना रहेको पूर्वानुमान महाशाखाले जनाएको छ ।
दशैंमा पानी पर्ने प्रक्षेपण गरेका मौसम पूर्वानुमान महाशाखाका मौसमविदहरूले अबका ३ दिन देशभर बदली भई वर्षा हुनसक्ने सम्भावना छ । नेपालको मध्य र पूर्वी भागमा दक्षिणपूर्वी जलवास्पयुक्त हावाको प्रभाव रहेकाले त्यसबाट वर्षा हुनसक्ने मौसमविदको भनाइ छ ।
मौसम विश्लेषण (Meteorological Analysis):
हाल मनसुनी न्यून चापीय रेखा (Axis of the Monsoon Trough) औसत स्थानको आसपासमा रहेको छ। नेपालको मध्य र पुर्बी भागमा दक्षीणपुर्वी जलबास्पयुक्त हावाको प्रभाब देखिएकोले मनसुनल गतिविधि बढने देखिन्छ।तलको नक्शामा मनसुनी न्यून चापीय रेखा (Axis of the Monsoon Trough) को औसत स्थान देखाइएको छ।

देशभर समग्र मौसमको अवस्था (Present Weather Status):
हाल देशभरी सामान्य बदली रहि पश्चिमका थोरै स्थानहरुमा मेघ गर्जन/चट्टयांग सहित हल्का देखि मध्यम खालको भइरहेको छ भने बाँकि भु-भागमा पनि बर्षा हुने संभाबना रहेको छ।
असोज ०९ गते (बिहिबार)
दिउँसो: देशभरी सामान्य बदली रहनेछ। देशका केहि स्थानहरुमा मेघ गर्जन/चट्टयांग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
राती: देशभरी सामान्य बदली रहनेछ। देशका केहि स्थानहरुमा मेघ गर्जन/चट्टयांग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
असोज १० गते (शुक्रबार)
दिउँसो: देशभरी आंशिक देखि सामान्य बदली रहनेछ। देशका केहि स्थानहरुमा मेघ गर्जन/चट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुनेछ। देशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
राती: देशभरी सामान्य बदली रहनेछ। पुर्वका थोरै साथै मध्य तथा पश्चिमका केहि स्थानहरुमा मेघ गर्जन/चट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुनेछ। देशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
असोज ११ गते (शनिबार)
दिउँसो: देशभरी सामान्य बदली रहनेछ। देशका केहि स्थानहरुमा मेघ गर्जन/चट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुनेछ। देशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
राती: देशभरी सामान्य बदली रहनेछ। देशका केहि स्थानहरुमा मेघ गर्जन/चट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुनेछ। देशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।