पत्रपत्रिकाराजनीति

नेकपा र चिनियाँ कम्युनिष्ट पार्टीबीच भाइचारा बनेसँगै अमेरिकी राजदूत सक्रिय

काठमाडौं – अमेरिकी राजदूत र्‍यान्डी बेरीको सक्रियताबारे  आजको अन्नपूर्ण पोष्टले मुख्य समाचार बनाएको छ । समाचारमा लेखेको छ नेकपा र चिनियाँ कम्युनिष्ट पार्टीबीच भाइचारा बनेसँगै बेरी राजनीतिक भेटघाटमा सक्रिय बनेका छन् ।

समाचारका अनुसार भेटमा बेरीले चिनियाँ राष्ट्रपतिको आसन्न नेपाल भ्रमण, नेकपा र चिनियाँ कम्युनिस्ट पार्टीबीच भएको सहकार्यबारे चासो राखेको स्रोतले बतायो। नेता नेपालसँग राजदूत बेरीले दुईपक्षीय सम्बन्ध र पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गरेका थिए।

उनले बिहीबार प्रमुख प्रतिपक्षी कांग्रेसका सभापति शेरबहादुर देउवा र सत्तारूढ नेकपाका विदेश विभाग प्रमुख माधवकुमार नेपालसँग भेट गरेका छन् । त्यस क्रममा राजदूत बेरीले पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गरेको समाचारमा उल्लेख छ ।

देउवासँगको भेटमा राजदूत बेरीले नेपाल र चीनका कम्युनिस्ट पार्टीबीच बढ्दो सहकार्यबारे प्रतिपक्ष कत्तिको जानकार छ भनेर बुझेको आकलन विज्ञहरूको छ । त्यस्तै , एमसीसीअन्तर्गत कम्प्याक्ट सहयोग र इन्डो प्यासिफिक रणनीतिका विषयमा छलफल भएको समाचारमा लेखिएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker