समाचार

अमेरिकामा नेपालभन्दा एक दिन पहिला बडा दसैँको साइत

[mashshare]

काठमाडौँ – नेपालमा भन्दा अमेरिकामा एक दिन अघि वडा दसैँको साइत परेको छ | तिथि अनुसार नेपालमा टिकाजमराको साइत ८ तारिखका दिन रहे पनि अमेरिकामा भने एक दिन अघि नै रहेको अन्तर्राष्ट्रिय पंच्नाग निर्णय समितिले जनाएको छ ।

अमेरिकाका लागि आगामी बडा दसैँको टिका/जमराको साइत अक्टोबर ७ तारिखका दिन रहेको छ। टेक्ससमा बिहान ११ः२७ मा, क्यालिफोर्नियामा बिहान ११ः०५ मा, न्युयोर्कमा बिहान ११ः२१ मा र केन्टमा ११ः५५ मा साइत रहेको छ ।

अमेरिकास्थित नेपाली मन्दिरका गुरुहरूका बीचमा नै ७ वा ८ तारिखमा मनाउने भन्ने विषयमा सामान्य विवाद देखिएपछि अन्तिम निर्णय स्वरूप अन्तर्राष्ट्रिय पंच्नाग निर्णय समितिले याे जानकारी गराएको हो |समितिको निर्णय सार्वजनिक भएपछि अमेरिकास्थित केही नेपालीहरूले नेपालमा बुवाआमाले टिका नलगाईकन आफूले लगाउन नमिल्ने भएकोले समितिको निर्णय संस्कृति विरोधी भएको भनी आलोचना गरेका छन् ।

तर टेक्ससको डालसस्थित नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्रमा कार्यरत आचार्य मेघराज निरौलाले भने पंच्नाग समितिको निर्णय नै अत्यन्त वैज्ञानिक रहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker