आइडिया

विवाहपछि युवतीहरु मोटाउनुको यस्तो छ कारण

एजेन्सी – मानिसले जब बिवाह गर्दछ त्यसपछि मोटाउ छन् भन्ने गरिन्छ । बिवाह अगाडी पातलो देखिने युवतीहरु बिवाह पछि मोटाएको देखिन्छन । किन यस्तो हुन्छ सबैलाई चासोको बिषय हुन सक्छ । यस बिषयमा थेरै अध्ययन तथा अनुसन्धान भएका पाइन्छन । 

फेमिली सिस्टम एण्ड हेल्थ जर्नलमा प्रकाशित एक अन्तर्राष्टिय अनुसन्धानका अनुसार विवाहगरे पछि धेरै महिला मोटाउछन | यस्तै एक अन्य अनुसन्धानका अनुसार विवाहको ५ बर्ष करिब ८२ प्रतिशत जोडीको तौल ५ देखि १० किलो बढ्ने गर्दछ । बिहे पछि तौल बढ्नु अर्थात मोटाउनुका कारणहरु यस्ता छन् ।

१. हर्मोनल चेन्ज : अध्ययन अनुसार, विवाह पछि शरीरमा हर्मोनल परिवर्तन हुने गर्दछ । यसले गर्दा युवतीहरुको तौल बढ्न थाल्छ ।

२. निन्द्रा नपुग्नु : विवाह अघि भन्दा पछि युवतीहरुको दैनिक समय तालिकाका व्यस्त हुन थाल्छ जसका कारण उनिहरु पर्याप्त निदाउन पाउँदैनन् । यसले गर्दा पनि तौल बढ्न थाल्छ ।

३. तनाव : विवाह पछि सुरुका दिनमा युवतीहरु तनावमा हुन्छन् । यस्तो अवस्थामा भोक बढाउने हर्मोनको लेभल बढ्ने गर्दछ जसले तौल बढाउँछ ।

४. सोचमा परिवर्तन : मानिसहरु विवाह पहिले राम्रो देखिनका लागि आफ्नो डाइट र फिटनेसमा पूरा ध्यान दिने गर्दछन् । तर विवाह पछि जीवनशैलीमा परिवर्तन हुने भएका कारण यस्ता कुराहरु छुट्ने गर्दछ जसले तौल बढ्छ ।

५. उमेरको असर : आजकाल धेरैजसो मानिस २८–३० वर्षमा सेटल भएपछि मात्र विवाह गर्दछन् । जबकी अध्ययनका अनुसार ३० वर्षपछि हाम्रो शरीरको मेटाबोलिजमको रेट कम हुन्छ जसका कारण तौल बढ्छ ।

६. दैनिकीमा परिवर्तनःएक्लै हुँदा आफूलाई फिट राख्नका लागि पर्याप्त समय निकाल्न सकिन्छ तर विवाह पछि प्राथमिकता परिवर्तन हुन्छ । मानिसहरु व्यायमको लागि समय निकाल्न सक्दैनन् । शारिरिक रुपमा निष्क्रिय हुने भएका कारण तौल बढ्ने गर्दछ ।

You need to install the TieLabs Instagram Feed plugin to use this feature.
Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker