अर्थ खबरस्थानिय गतिबिधि

तारकेश्वर नगरपालिका वडा नं. १० को कार्यक्रम तथा योजना सार्वजानिक

काठमाडौं- तारकेश्वर नगरपालिका वडा नं. १० ले चालु आर्थिक बर्षको कार्यक्रम तथा योजना आज एक कार्यक्रम आयोजना गरि सार्वजानिक गरेको छ । नेपालीहरुको महान पर्व बडा दशैंको अवसर पारेर आफ्ना योजना तथा कार्यक्रम सार्वजानिक गरको हो ।

सम्पर्ण वडावासि तथा नेपालीहरुमा शुभकानाका दिंदै आफ्ना कार्यक्रम सार्वजानिक गरिएको वडा नं. १० वडा अध्यक्ष अमृत थापले बताए । गत आर्थिक बर्षमा भएका कामको बिबरन पनि सो कार्यक्रमा सार्बजानिक गरिएको छ । गत वर्ष केन्द्रिय योजना अन्तरगतको १५ लाख,प्रदेश स्तरिय योजना आन्तगत साँढे ५ करोड, उपत्यका विकास प्राधिकरण अन्तरगतको ११ करोड ७० लाखमा ६० प्रतिशत काम सकिएको बिबरण सार्बजानिक गरेको छ । नगर स्तरिय योजना आन्तरगत अन्तरगका विभिन्न योजना तथा कार्यक्रमहरु सम्पन्न भएको पनि वडाले जनाएको छ ।

निश्चित दायरा तथा स्रोतले वडा वासिका सबै चाहाना पुरा गर्न नसके पनि आ.ब . ०७४/७५ मा १ करोड ५० लाख र आ. ब. ०७५/७६ मा एक करोड ३१ लाखको बजेट वडा बाट सञ्चालन गरिएको जनाईएको छ । चालु आर्थिक बर्षमा वडालाई छुट्याईएको १ करोड ३१ लाख बजेटमा यो बर्ष कार्यक्रम सञ्चालन गरिने अमृत थापाले योजना तथा कार्यक्रम सार्वजानिक गर्दे बताएका छन् ।

आज आयोजित कार्यक्रममा वडाको सर्वाङ्गिण विकासमा योगदान पुर्याउने १२० जना बिभिन्न क्षेत्रमा योगदान व्यक्तित्व हरुलाई सम्मान समेत गरको छ । वडाले आफ्नो वडाको मुख्य मुख्य ठाउँमा २० वटा सिसि टि भि क्यामारा जडान गरि आजबाट सञ्चालनमा ल्याएको छ । भने नगरपालीका मै पहिलो पार्क वडा नंं १० मा निर्माण सम्पन्न गरि प्रदेश सभा सांसद योगेन्द्र संग्रौला र मेयर रामेश्वर बोहोर द्वारा संयुक्त रुपमा उद्घाटन समेत गरिएको छ ।

तारकेश्वर नगरपालीका वडा नं. १० का वडा अध्यक्ष अमृत थापा द्वारा प्रतुत कार्यक्रम ताथा योजनाको पुर्ण पाठ-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker