स्थानिय गतिबिधि

उजेली फउन्डेसन नेपालको शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम सम्पन्न

बनेपा – बिजया दशमी,शुभ दिपावली, नेपालसंबत ११४० तथा छटपर्बको पावन अबसरमा उजेली फउन्डेसन नेपालले बनेपामा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रम काभ्रे क्षेत्र नं. १ का सांसद गंगाबहादुर दोङ,(बमध्वज)को प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा दैबलाल घिसिङ, राजकुमार मल्ल, सुमन खरेल, अर्जुन पौडेल, गीता बञ्जारा लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्दै प्रतिनिधिसभाका सांसद दोङले सामजिक संस्थाले सरकारको कामलाई सहयोग गर्ने हुंदा गौरसरकारि संस्थाको हाम्रो जस्तो मुलुकमा आवाश्यक रहेको धारणा ब्यक्त गरेका छन् । त्यसैगरि नेकपा काभ्रे क्षेत्र नं-२ का अध्यक्ष दैबलाल घिसिङले संस्थाले समाजिक क्षेत्रमा महत्वपुर्ण योगदान पुर्याएको बिचार ब्यक्त गरेका छन् ।

कार्यक्रममा युवा ब्यवसायी तथा समाजसेबि राजकुमार मल्लले सामजिक क्षेत्रमा काम गर्ने संस्था र सरकार संगै मिलेर काम गरे देशको छिटो विकास हुने धारणा ब्यक्त गरेका छन् ।

उजेली फाउन्डेसन नेपालले समानता,कृषि तथा पर्यटनको क्षेत्रमा योगदान पुर्याऊदै आएको संस्थाका अध्यक्ष मधु लामिछानेको भनाई रहेको छ।

You need to install the TieLabs Instagram Feed plugin to use this feature.
Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker