आइडिया

जादुगर डेविडले यसरी काटेर देखाउँछन् आफ्नो शरीर, तपाइँ पनि सिक्नुहोस्

एजेन्सी
अमेरिकाको प्रख्यात जादूगर डेविड कापरले हजारौ मान्छेको अगाडी आश्चर्यचकित जादु प्रस्तुत गर्ने गर्छन् | उनले गर्ने गरेको एउटा यस्तो जादु छ जहाँ उनको शरीर दुई भागमा काटिन्छ | ५ मिनेटको अन्तरमा डेविडले मान्छेको आँखाको अगाडी एक चमत्कारी रुपमा आफ्नो शरीर दुई भागमा काटिएर अलग गरिदिन्छन् | यो जादु कुनै चमत्कार भन्दा कम छैन | तर उक्त जादुको पछाडी एक किसिमको चलाखी रहेको छ | के हो त यो चलाखी ? यस्तो छ पर्दा पछाडीको खेल… 

मेसिनले कसरी काटिन्छ शरीर ?

– उक्त जादुमा डेविड कापरफील्ड एउटा बाकस भित्र जान्छन् |

– उक्त बाकसमा उनको हात, खुटा बाधिएको हुन्छ | साथै शरीरको कमरको भागमा पनि बाधिन्छ |

– केहि समय पछि त्यो बाकस खुल्छ | तर उनको बाधिएको सबै भाग खुलिसकेको हुन्छ |

– एकासी उनको शरीरको भाग एउटा चक्रले सजिलो तरिकाबाट दुई भागमा काटिन्छ |

– टेबुलमा उनको शरीरको दुई भागमा राखिन्छ | त्यहि समयमा कापरफील्डको सहयोगीले उनको दुई भाग अलग गरेर देखाउछन् |

– भएन त एक किसिमको जादु ?

जादू पछाडीको चलाखी  

– यो खाले जादुमा एक किसिमको बाकसको प्रयोग हुन्छ |

– उक्त बाकसमा दुईजनाको लागी ठाउँ राखिएको हुन्छ | त्यहाँ दुईजना मान्छे लुकेर बस्न मिल्ने ठाउँ हुन्छ |

– लुकेर बसेको मान्छेको कारणले गर्दा नै दुईवटा शरीर देखिएको हो | एउटामा डेविड र अर्कोमा उनको सहयोगी हुन्छ |

– डेविड र उनको सहयोगीले एकै किसिमको लुगा र जुत्ता लगाएको हुन्छ |

– बाकसको बीच भागमा रहेको उक्त चक्रमा एक खाली ठाउँ हुन्छ | जसको कारणले गर्दा चक्र भित्रसम्म जान्छ |

– जसको कारणले गर्दा बाकस काट्दा पनि शरीरको दुई भागमा त काटिएको देखिन्छ, तर मान्छे भने काटिएको हुँदैन | 

तश्विरमा हेर्नुहोस् तरिका 

You need to install the TieLabs Instagram Feed plugin to use this feature.
Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker