धर्म संस्कृतिहेडलाईन

नवरात्रीको दोस्रो दिन आज ब्रम्हचारिणी भगवतीको पूजा गरिंदै

काठमाडौं
नवरात्रीको दोस्रो  दिन आज ब्रम्हचारिणी भगवतीको पूजा हुँदैछ । बडादशैं अन्तरगत आजको दिनमा देवी दुर्गाका स्वरूपमध्ये ब्रम्हचारिणी भगवतीको पूजा हुन गर्दछ । घटस्थापना गरेसँगै नवदूर्गाका ९ वटा रूपहरूको पूजा गर्ने परम्परा छ ।

नवरात्रका नौ दिनमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रहृमचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौंथो दिन कुष्माण्डा, पाँचौ दिन स्कन्दमाता, छौटौं दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा गर्ने गरिन्छ ।

नवरात्रको अवधिभर बिभिन्न देवी देउता र शक्तिपिठहरुमा एक चित्त र एकाग्र भइ ब्रत बस्नाले मनोकांक्षा पूरा हुने विश्वास गरिन्छ । दशैंको दोस्रो दिन आज देशभरीका नवदुर्गाका मन्दिर र शक्तिपीठहरुमा भक्तजनहरुको भीड लागेको छ । काठमाडौंको नक्साल, भद्रकाली भगवती, सोभा भगवती, बज्रयोगिनी मन्दिरमा भक्तजनहरुको भिड लागेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker