पत्रपत्रिकामुख्य समाचार

सडक निर्माणमा चरम ढिलासुस्ती : करोडौंका आयोजना अलपत्र

काठमाडौं
ठेकेदार कम्पनी, तारकेश्वर नगरपालिकाका पदाधिकारी, कर्मचारी र सडक विभागको गैरजिम्मेवारीका कारण तारकेश्वर सडकखण्ड अलपत्र परेको छ । सडक निर्माण सुरु भएको वर्षौंसम्म पनि निर्माण कार्यमा ढिलाइ हुँदा तारकेश्वर नगरपालिकाका लाखौं सर्वसाधारण हैरानी भोग्न बाध्य छन् ।

नगरपालिकामा निर्माणाधीन शेषमती–सानोपुल–सनफ्लावर स्कुल–बोहोराटार सडकखण्ड र अष्टनारायण–शेषमती–लामबगर–काभे्रस्थली सडकखण्ड निर्माण सुरु भएको लामो समयसम्म पनि अलपत्र अवस्थामा छ । समयमै सडक निर्माण नहुँदा घामलाग्दा धुलो र पानी पर्दा धुलोको समस्याले स्थानीय आक्रान्त बन्न गरेका छन् ।
शेषमती–बोहोराटार सडकखण्ड नगरपालिकाको योजनामा सञ्चालित आयोजना हो भने र अष्टनारायण–काभे्रस्थली केन्द्रीय योजनाअन्तर्गत सडक विभागको योजना हो । नगरपालिकाको मुख्य प्रवेशद्वार र चक्रपथ नजिक पर्ने यी महŒवपूर्ण सडकखण्ड विभिन्न बहानामा अलपत्र बन्दै आएका छन् ।

‘ठेकेदार कम्पनीले जिम्मेवारी वहन गर्न नसक्दा योजनाहरू अलपत्र बन्ने गरेका छन् । वर्षा र झन्झटिलो ठेक्का प्रणालीका कारण पनि योजनाहरू समयमै सम्पन्न हुन सकेनन् ।’
–रामेश्वर बोहरा,
नगरप्रमुख तारकेश्वर नगरपालिका

तारकेश्वर नगरपालिका प्रमुख रामेश्वर बोहरा ठेकेदार कम्पनीको लापरवाही, वर्षा र झन्झटिलो ठेक्का प्रणालीको कारण काममा ढिलाइ भएको स्विकार्छन् । ‘ठेकेदार कम्पनीले जिम्मेवारी वहन गर्न नसक्दा योजना अलपत्र बन्ने गरेका छन् । वर्षा र झन्झटिलो ठेक्का प्रणालीका कारण पनि योजनाहरू समयमै सम्पन्न हुन सकेनन्,’ बोहोरा भन्छन् । शेषमतिदेखि सनफ्लावरसम्मको बाटोको २० प्रतिशत मात्र काम सम्पन्न भएको नगर प्रमुख बोहरा बताउँछन् ।
यस सडकखण्डको निर्माण गत असार मसान्तसम्ममा सम्पन्न भइसक्नुपर्ने थियो । समयमा काम सम्पन्न नभएपछि नगर कार्यपालिकाको बैठकबाट ६ महिना समय थप गरिएको नगरपालिकाले जनाएको छ । स्थानीयको अवरोध तथा सिमाना विवादका कारण समेत समयमा सम्पन्न हुन नसकेको नगरपालिकाको दाबी छ । अहिले सो बाटोको मर्मत थालिए पनि गति भने लिन सकेको छैन ।

केशबप्रसाद पाण्डेले राजधानि दैनिकमा यो समाचार लेखेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker