राजनीति

‘अरिंगाल सट्टा मौरी, बघिनी सट्टा कुखुरी भन्दा के हुन्छ ? : बाबुराम भट्टराई

काठमाडौँ । समाजवादी नेपाल पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले नेकपा अध्यक्षद्धय केपी ओली र पुष्पकमल दाहाल अनि कांग्रेस सभापति शेरबहादुर देउवा र युवा नेता गगन थापाका शब्दप्रति आपत्ति जनाउँदै नगर्न सुझाव दिएका छन् । विम्बका रुपमा प्रयोग गर्न थालिएका अरिंगाल, सिंह, शिकारीजस्ता शब्दलाई प्रयोगमा ल्याउने केही नेताको नामै लिएर उनले ती शब्दको विकल्प दिएका छन् ।

सोमबार ट्वीट गर्दै भट्टराईले लेखेका छन्, ‘ओली : अरिंगाल…बघिनी, प्रचण्ड : सिंह, गगन : हामी शिकारी, देउवा : कम्युनिस्ट सिध्याउँछौं, जनवाद र लोकतन्त्रको दुहाई दिने कम्युनिस्ट र कांग्रेस नेताहरुको भाषा यस्तै हो ?’

डा. भट्टराईले ती शब्दका सट्टा केही विकल्प प्रस्तुत गर्दै अगाडि लेखेका छन्, ‘अरिंगाल सट्टा मौरी, बघिनी सट्टा कुखुरी, सिंह सट्टा गोरु/गधा, शिकारी सट्टा वनरक्षक, सिध्याउँछु सट्टा बदल्छु भन्दा के हुन्छ ?’  

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker