समाचारसमाज

महरामाथि लागेकाे बलात्कारकाे आराेपको खण्डन

काठमाडाैँ
सभामुख कृष्णबहादुर महरामाथि लागेकाे बलात्कारकाे आराेपबारे उनकाे निजी सिचवालयले खण्डन गरेकाे छ ।

संसद सचिवालयमा काजमा कार्यरत एक महिला कर्मचारीले आफूमाथि सभामुख महराले जबरजस्ती करणीकाे प्रयास गरेको गम्भीर आरोेप लगाएकी थिइन् । सभामुखले आइतबार साँझ दुर्व्यवहार गरेको उनले आरोप लगाएकी हुन् ।

आइतबार साँझ महराले मदिरा पिएर आफुमाथि करणीको प्रयास भएको भन्दै ती महिलाले विभिन्न सञ्चारमाध्यमलाई बताएपछि याे कुरा भाइरल भएकाे छ । समाचारमा बाहिरिए अनुसार महरा ती महिलाकै तिनकुनेस्थित डेरामा गएर जबरजस्ती गरेका थिए । तर यसबारे पीडित भनेकी महिलाले प्रहरीमा जाहेरी भने दिएकी छैनन् ।

गम्भीर आराेप लागेपछि महराकाे निजी सचिवालयले साेमबार विज्ञप्ति निकालेकाे छ । जसमा महरामाथि लागेका आरोप सबै कपोकल्पित एवं भ्रामक भएको बताइएकाे छ ।

‘सम्माननीय सभामुख कृष्णबहादुर महरालाई गम्भीर आरोप लगाई विभिन्न अनलाइन सञ्चार माध्याममा आइरहेका समाचारहरुप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ’, विज्ञप्तिमा भनिएको छ, ‘सभामुखज्यूलाई कल्पनै गर्न नसकिने निकै गम्भीर आरोप लगाई आएको समाचारले हामी सबैलाई निकै स्तब्ध बनाएको छ । यी निराधार, कपोलकल्पित र निकै गम्भीर आरोपप्रति कडा आपत्ति जनाउँदै त्यसमा कुनै पनि सत्यता नभएकोले यस्तो भ्रममा नपर्न सबैमा जानकारी गराउँदछु ।’

बिज्ञप्ती

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker