अर्थ खबर
ओरालो लाग्दै सुनको मुल्यः हेर्नुहोस् आज कतिमा कारोबार हुदैछ

काठमाडौं
नेपाली बजारमा सुनचाँदीको मूल्य पछिल्लो दिनयता लगातार घटिरहेको छ । सोमबार २ सय रुपैयाँ घटेको सुनको मूल्यमा मंगलबार ८ सय रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी कारोबार व्यवसायी महासंघका अनुसार मंगलबार छापावाला सुन तोलामा ६९ हजार २ सय र तेजाबी सुन प्रतितोला ६८ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
सोमबार छापावाला सुन तोलामा ७० हजार र तेजाबी सुन प्रतितोला ६९ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो ।
सोमबार प्रतितोला ८ सय ४० रुपैयाँमा कारोबार भएको चाँदी मंगबलार ८ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ ।